• २० असोज २०८१, आइतबार

कर्णाली प्रदेश सभा प्रथम अधिवेशन आज

blog

वीरेन्द्रनगर समाचारदाता

सुर्खेत, पुस १८ गते । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबार बस्दै छ। निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको छ। प्रदेश सभा सचिवालयले सबै तयारी पूरा भएको जनाएको छ। प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले अधिवेशनको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सिट व्यवस्थापनलगायतका सबै तयारी पूरा गरेका छौँ।”

प्रदेश सभाको प्रथम अधिवेशनको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको भूमिका निर्वाह गर्नुहुनेछ।  कर्णाली प्रदेशमा ४० जना प्रदेश सभा सदस्य छन्। तिनमा नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट एक/एक जना प्रदेश सभा सदस्य छन्।