• २० असोज २०८१, आइतबार

डायलासिस सेवा सञ्चालनका लागि लायन्सको एक करोड

blog

डाइलासिस सेवाका लागि सहयोग गर्दै लायन्सका पदाधिकारी ।

सलिम मियाँ

बिजुवार, असोज २० गते । लायन्स क्लब इन्टरनेशनलले डायलासिस सेवा सञ्चालनका लागि प्युठान जिल्ला अस्पताललाई एक करोड बढी रकम सहयोग  हस्तान्तरण गरेको छ ।

शनिवार जुम्रीमा आयोजित कार्यक्रममा लायन्सका निवर्तमान गर्भनर मुकुट ढकालले जिल्ला समन्वय समितिका प्रमुख धरम जिसी प्युठान अस्पताल विकास समितिका अध्यक्ष विजयविराज विष्टलाई संयुक्त रुपमा एक करोड ३० लाख २७ हजार ५ सय ४७ रुपियाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो ।

डायलासिस परियोजनाअन्तर्गत ७५ प्रतिशत लागत रकम लायन्सले उपलब्ध गराएको हो । स्थानीय सरकारले ब्यहोर्ने २५ प्रतिशत रकम उठ्न बाँकी छ । ५–५ लाख रुपियाँ सहयोग गर्ने जिल्लाका स्थानीय तहको प्रतिबद्धता छ ।

जिल्लामा यो सुबिधा नहुँदा बिरामी लमही, नेपालगन्ज, बुटवल जानुपर्ने बाध्यता छ । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष विजयविराज विष्टले अस्पतालमा डायलासिस सेवा सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।