• ९ चैत २०८२, सोमबार

निजी क्षेत्र एकीकृत भए मात्र सरकारले हाम्रो आवाज सुन्छ : भवानी राणा

blog

काठमाडाैं, चैत ९ गते । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले निजी क्षेत्रका व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । महासंघको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उहाँले व्यवसायीहरूबीच एकता (सोलिडारिटी) भए मात्र सरकारले निजी क्षेत्रको आवाज सुन्ने र महत्व दिने बताउनुभएको हो । 

उहाँले वर्तमान सरकारले निजी क्षेत्रलाई ‘ड्राइवीङ फोर्स’ को रूपमा लिएर ५ वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउने लक्ष्य राखेको स्मरण गराउँदै यो लक्ष्य उद्योग, रोजगारी, उत्पादन र निर्यात बढेमा मात्र सम्भव हुने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामीमा पनि भिन्नता भयो र अलगअलग बाटोमा गयौँ भने सरकारले हामीलाई कमजोर पक्षको रूपमा हेर्छ । त्यसैले हामी सबै व्यवसायी एकीकृत भएर सोलिडारिटीका साथ अगाडि बढौँ। यो टिम एउटा बलियो टिम हो । उनीहरूले जिल्लाका समस्याहरूलाई नीतिगत तहसम्म पुर्‍याउन र वस्तुगत क्षेत्रका एजेण्डाहरूलाई अगाडि बढाउन सक्षम छन् ।’ 

उहाँले आगामी दिनमा महासंघलाई अझ सशक्त रूपमा अगाडि बढाउन यो टिमको भुमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।