पर्यटकीय नगरी पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको सपना आइतबार पूरा भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएसँगै लामो सपनाको एउटा अध्याय समाप्त भएको छ। अन्तर्राष्ट्रिय विमानस्थलको सपना सजिलै पूरा भएको होइन। विभिन्न आरोह–अवरोह पार गर्दै पोखरा विमानस्थल निर्माण सम्पन्न भएको हो। पर्यटकीय नगरी पोखरा अब राजधानी काठमाडौँमा मात्र निर्भर नरही आफैँ संसारसित जोडिन सक्छ। पोखरालगायत समग्र गण्डकीकै पर्यटकीय विस्तार नयाँ ढङ्गले अगाडि बढ्न सक्नेछ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुविधा भएको मुलुकको तेस्रो नगर बन्न सफल भएको छ।
हामीले लोकतन्त्रिक बहुलवादमा गौरवमय विजय प्राप्त ग-यौँ। २०७९, मङ्सिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभाको आमनिर्वाचन भयो। यस निर्वाचनमा संसद्को ठूलो दल बनेको नेपाली कांग्रेसले सरकार बनाउने अवसरलाई सदुपयोग गर्न सकेन। निर्वाचनको जनादेशमा एमाले दोस्रो र माओवादी तेस्रो रोजाइमा परे। यता, निर्वाचनकै दौरानमा राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता स्वतन्त्र राजनीतिक पदचापको उदय भयो। सायदै यो संयोग नेपाली राजनीतिक इतिहासमा विरलै देखेको दृश्य हो। यो ऊर्जा सञ्चय हुनमा समकालीन पुस्ताको सामाजिक–राजनीतिक रूपान्तरणप्रतिको तीव्र चाहनाले निर्णायक भूमिका खेल्यो।
कोभिड–१९ सन् १९१८ को इन्फ्लुएन्जा महामारीपछिको विश्वव्यापी रूपमा सबैभन्दा गम्भीर महामारीका रूपमा रह्यो। एक शताब्दीमा एक पटक देखापर्दै आएको विश्वव्यापी महामारीलाई प्रभावकारी नियन्त्रण गर्न चुनौती थपियो। अन्तर्राष्ट्रिय समुदायले संयुक्त प्रयास गरी समाधान खोज्ने अवस्था उत्पन्न भयो। कोभिड–१९ मानव जीवन र स्वास्थ्यमा ठूलो क्षति मात्र गरेन सबै देशको आर्थिक विकास र सामाजिक स्थिरतामा पनि प्रभाव पा¥यो। यसले विश्वव्यापी विकास ढाँचा र सुरक्षामा पनि ठूलो र दूरगामी प्रभाव पारेको छ।
निकै चर्को राजनीतिक सरगर्मीबीच प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अङ्ग्रेजी नयाँ वर्षको शुभसाइत पारेर निकै उल्लासपूर्ण माहोलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्नुभएको छ। तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दा उत्साहित हुँदै उहाँले ठूला परियोजनामा लगानी गर्न चीनसँग आग्रहसमेत गर्नुभयो।
श्रमिकको अर्थ सधैँ गरिबीसँग पनि हुँदैन, श्रमिक एक मध्यमवर्गीय व्यक्ति वा धनी व्यक्ति पनि हुन सक्छन्। श्रमिक पुरुष मात्र होइन, महिला पनि हुन्छन्। श्रमिक वयस्क मात्र होइन, बच्चा र वृद्ध पनि हुने गर्छन्। बालश्रम यद्यपि निषेध कार्य हो तथापि बालश्रमबाट संसारमुक्त हुन सकेको छैन।
गलकोट नगरपालिका–३ स्थित गोलकोट दरबार ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व र विश्वास बोकेको क्षेत्र हो। मल्लकालीन राजा जितारी बम मल्लले हटिया बजारदेखि पाँच किलोमिटर दक्षिण समुद्री सतहदेखि करिब एक हजार पाँच सय मिटरमाथि अग्लो ठाउँमा आवासीय तथा प्रशासनिक दरबार बनाउनुभएको थियो।
म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय अलपत्र परेको छ । चिकित्सकको निगरानीमा औषधी प्रयोग बिना बिरामीको उपचार गर्ने गरी सञ्चालनको तयारीमा रहेको चिकित्सालय बजेट अभावमा अलपत्र परेको हो ।
लहान नगरपालिकाको मुख्य सडक चोकको तरकारी हटिया हटाइने भएको छ। सडकपेटीमा लाग्ने तरकारी बजार हटाउन जनगुनासो बढ्दै गएपछि नगरपालिकाले यस्तो पहल थालेको हो। नगरको सडकपेटीमा बिहान बेलुका किसानले तरकारी बेच्न राख्ने गरेका छन्। यसबाट आवतजावतमा असहज भएको स्थानीयको गुनासो छ। नगरप्रमुख महेशप्रसाद चौधरीका अनुसार नगरपालिकाको करोडौँको लगानीमा निर्माण भएको कृषि भवनको पूर्वपट्टि किसानलाई तरकारी बिक्री गर्न व्यवस्था मिलाएको छ। यद्यपि अहिले पनि सडक पेटीमा तरकारी बिक्री गर्ने क्रम जारी छ।
झापा दमकको मुख्य बजार क्षेत्रका सडकको सौन्दर्यीकरणको काम धमाधम भइरहेको छ। सडकको सौन्दर्यीकरण अभियानअन्तर्गत सडकको किनारमा रहेका अव्यवस्थित तार हटाउने, पुराना बिजुलीको खम्बाहरू हटाएर नयाँ राख्ने र रङ लगाएर आकर्षक बनाउने लगायतका कामहरू सुरु भएको छ। दमकको गणतन्त्र चोकबाट थाना रोड हुँदै मुख्य बजार र नमुना बजारसम्म पुग्ने करिब एक किलोमिटर सडकमा दुईतर्फ बिजुलीका खम्बा गाडेर रङ लगाउने काम भइसकेको छ। सडकलाई आकर्षक बनाउने काम पूरा हुन लागेको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभएको छ। यस सडकमा रातको समयमा बल्ने आकर्षक बत्ती पनि जडान भइसकेको छ।
चिसो बढ्दै गएपछि ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन प्रभावित बन्दै गएको छ। पछिल्लो हप्ता मौसम एक्कासि चिसिएसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित बन्दै गएको हो। घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुसारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीहरूको जनजीवन कष्टकर बन्दै गएको हो। असामान्य रूपमा चिसो बढ्दै गएपछि हिमाली बस्तीका सर्वसाधारणलाई अहिले दैनिकी चलाउनलाई निक्कै मुस्किल पर्न थालेको स्थानीयले बताएका छन्।
बुटवलको इतिहासमा पहिलो पटक बुटवलको कालिकापथमा सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ९ र ११ मा पर्ने कालिकापथ सडकको नयाँ बसपार्कदेखि होराइजन चोकसम्मको सडकमा सोमबारदेखि रात्रिकालीन बजार सञ्चालनमा आएको हो ।
सुनसरीको रामधुनी नगरपालिका–८ का किसान दिनेश चौधरीले गहुँ खेती छाडेर मकै लगाउनुभएको छ । सोचेजस्तो र लगानीअनुसारको प्रतिफल नभएपछि चौधरीले गहुँ खेती नगरी मकै खेती लगाउनुभएको हो । धानको सिजनमा मलखाद, सिँचाइ अभाव भएको र उत्पादनमा पनि कमी भएको अवस्थामा अर्कोतर्फ गहुँ खेती पनि राम्रो नहुने अनुमान गर्दै गहुँ खेती त्यागेर मकै खेती थालेको उहाँको भनाइ छ ।
मौसमको खराबी तथा यात्रु उपलब्धता नरहेको भन्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू स्थगित हुन थालेपछि त्यहाँका पर्यटन व्यवसायीको चिन्ता बढेको छ । पछिल्लो पटक अन्तर्राष्ट्रिय उडान गरिरहेका जजिरा एयरवेज र हिमालय एयरलाइन्सले आफ्ना उडान रोकेका छन् भने आन्तरिक उडानसमेत नियमित हुन सकिरहेको छैन । जजिराले डिसेम्बरसम्म उडान रोकेको जनाए पनि खराब मौसमका कारण यो समय अझै लम्बिने निश्चित रहेको छ । अहिले भैरहवा तथा यस आसपासको भिजिबिलिटी दुई सय मिटर हाराहारीमा रहने गरेको छ । घाम लागे भने आन्तरिक उडान हुने र नभए उडान नै नहुने अवस्था छ ।
थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै हालसम्म दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जानकारी दिएको छ । नर्भिक अस्पतालमा प्रत्यारोपण सेवा प्रारम्भ भएसँगै मिर्गौला प्रत्यारोपण गर्ने अस्पतालको सङ्ख्या ११ पुगेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले नर्भिक अस्पतालले ६६ र ५४ वर्षीय पुरुषद्वयको मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । ६६ वर्षीय पुरुषलाई उहाँकी ५५ वर्षीया पत्नीले मिर्गौला दान गर्नुभयो भने ५४ वर्षका पुरुषलाई उहाँकी ३० वर्षीया छोरीले मिर्गौला दान गर्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समितिको बैठक सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा ठोस निर्णय नगरी टुङ्गिएको छ । सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न बसेको जसपा बैठकमा सोमबार सबै नेताले धारणा राख्न समय नपुगेको भन्दै बैठक निष्कर्षविहीन टुङ्गिएको जनाइएको छ ।