लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा सातौं जित निकालेको छ । प्लेअफमा स्थान बनाइसकेको लुम्बिनीले मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई पाँच रनले हरायो ।
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गर्दै दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ।
आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् ।
राहदानी विभागको सिस्टममा समस्या आएपछि राहदानी वितरण बन्द भएको छ । सिस्टममा समस्या आएकाले आवेदनको अवस्था हेर्ने र राहदानी वितरण कार्य अवरुद्ध भएको विभागले जनाएको छ ।
‘ए’ डिभिजन टोली मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी २२औं आरा–रारा गोल्डकपको पहिलो खेलमै भुटानी क्लबसँग पराजित भएको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ भुटानी युथ स्पोर्टस् क्लब, अमेरिकासँग १–० गोलले स्तब्ध बन्यो ।
लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो ।
बहुपति प्रथामाथि बनेको फिल्म ‘टुल्की’ चैत ३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले बिदाइ भेट गर्नुभएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज उतारचढावपूर्ण अवस्थामा रहेको बजारमा नेप्से परिसूचक तीन दशमलव शून्य तीन अङ्कले ओरालो लागेर दुई हजार ६० दशमलव शून्य छ मा झरेको छ ।
नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय केन्द्रीय सचिवालयले टुङ्गो लाउने भएको छ।
झापाको दमकमा किसानहरूको मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप देखिन थालेको जनाइएको छ । मकैमा यस प्रकारको समस्या देखिएपछि किसानहरूले नगरपालिकाको कृषि शाखामा मकैको बोट नै लिएर आउने गरेको दमक नगरपालिका कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले बताउनुभयो ।
मजदुरी गर्न भारत गएका कैलालीको गौरीगङ्गा नगरपालिका–१ गोप्काका एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले निर्वाचन आयोगले तोकेको जरिवानाविरुद्ध सर्वोच्च अदालतमा निवेदन पेस गर्नुभएको छ । मङ्गलबार प्रमुख साहले सर्वोच्चको संवैधानिक इजलासमा निवेदन पेस गर्नुभएको हो ।
तुलसीपुर ४ माथिल्लो हलवार र तुलसीपुर १९ को कुटेचौरका किसानको खेतबारी दुवैतिर पर्दछ । वर्षायाममा हलवारका किसानले खेत जोत्न कुटेचौर पुग्दा ग्वार खोला आयो भने खेतमै बास हुन्थ्यो ।
नेकपा (माओवादी केन्द्र) की नेत्री एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले सङ्घीय कानुन निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानुन निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ।