• १३ साउन २०८१, आइतबार

लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन

blog

लुम्बिनी विकास कोषद्वारा बौद्ध सर्किटको अवलोकन ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, पुस १९ गते । लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईसहितको टोलीले प्राचीन तिलौराकोट दरबार, सगरहवा र सिसहनियाको स्थलगत अवलोकन गरेको हो ।

उक्त अवसरमा विश्वसम्पदा सूूचीकृतको तयारीमा रहेको तिलौराकोटको व्यवस्थापन, सिसहनियाको संरक्षण एंव सगरहवालाई बौद्धकालीन पार्कका रुपमा विकास गर्न प्रस्तर राष्ट्रिय कार्यशालामा जुट्न पदाधिकारीहरुले निर्देशन दिएका छन् । 

कोषका उपाध्यक्ष भिक्षु मैत्तयले बौद्धकालीन सभ्यताका प्रशस्त अवशेषहरु कपिलवस्तुमा रहेकाले उत्खनन, संरक्षण र विकासका लागि कोषले क्रमशः काम गर्दै अघि बढ्ने बताउनुुभयो । उहाँले तिलौराकोटलाई विश्व सम्पदा सूूचीमा सूचीकृत गर्ने तयारीका लागि आवश्यक सम्पूूर्ण प्रक्रिया पूूरा भएको बताउनुुभयो । 

अवलोकनका क्रममा कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जगदीशपुर ताल नजिकै रहेको शाक्यहरुको बध भएको स्थल सगरहवामा प्रस्तर राष्ट्रिय कार्यशाला गर्ने तयारीस्वरुप स्थलगत अवलोकन गरिएको बताउनुुभयो ।

सगरहवा ताललाई स्थानीय तह, स्थानीय बासिन्दाको समेत अपनत्व हुने गरी बौद्धकालीन सभ्यतालाई प्रस्तरमा उतारेर पर्यटकीय गन्तव्य बनाउने योजना अनुसार कार्यशाला गर्ने परिषद्ले निर्णय गरिसकेको बताउनुुभयो । 

अवलोकनपछि तिलौराकोट, सगरहवा र सिसहनिया क्षेत्रको संरक्षणका लागि पहिलो चरणमा तत्काल पर्खाल निर्माण शुरु गर्नुपर्ने आवश्यकता देखिएकाले शुरु गर्ने सदस्यसचिव सानुराजा शाक्यले बताउनुुभयो । 

अनुुगमनमा योजना प्रमुख सरोज भट्टराई, कोषका बोर्ड सदस्य विश्वराज पौडेल, अर्का बोर्ड सदस्य रामनरेश कोहार, परिषद् सदस्य गोपीकृष्ण शर्मा, कोषका पुरातत्व विभागका प्रमुख हिमाल उप्रेतीलगायतको उपस्थिति थियो ।