नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर ७ मा एउटै टोलमा चारजना बालबालिकामा दादुरा देखिएको छ । ५ देखि १२ उमेर समूहका तीन बालिका र एक बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
इङ्लिस प्रियिमर लिग फुटबलको चर्चित टोली लिभरपुललाई ब्रेन्टफर्डको नमिठो धक्का लागेको छ । सोमबार राति भएको खेलमा लिभरपुल ब्रेन्टफर्डसँग उसैको मैदानमा ३–१ गोलले पराजित भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन ३० बुँदे निर्देशन दिनुभएको छ ।
लुम्बिनी विकास कोषले कपिलवस्तु क्षेत्रका बौद्ध सर्किटको अवलोकन गरेको छ।
बलिउड अभिनेता सलमान खानलाई भेट्न एक फ्यानले साइकलमा एक हजार एक सय किलोमिटर यात्रा गरेका छन् । समीर नाम गरेका ती फ्यान जवलपुरबाट साइकलमै मुम्बई पुगेका हुन् ।
बाक्लो हुस्सु र कुहिरोले भिजिबिलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । बिहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र सङ्घीय राजधानी काठमाडाैँका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् ।
नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनीत हुनुभएको छ ।
वसन्त बस्नेतको उपन्यास महाभारामा आधारित नाटक ‘महाभारा’ बुधबारदेखि मञ्चन हुने भएको छ । चेतना नाट्य समूहले नारी विकास सभागृह इलाममा पुस २० देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ आम्बेगुदिनस्थित सङ्घीय मेलाको अवसरमा आयोजित भलिबल उपाधि थुम्बेदिनले जितेको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले आज गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको फागुन २६ र २७ मा काठमाडौंमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ ।
जाडोबाट प्रभावित परिवारको सहयोगका लागि बर्दिबासका युवाले अहिले ‘न्यानो अभियान’ सुरु गरेका छन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ ।
ब्राजिलका महान् फुटबलर पेलेको आज (मंगलबार) अन्तिम संस्कार गरिने भएको छ । ८२ वर्षीय पेलेको गत बिहीबार राति साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेमबहादुर आलेमगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज (मङ्गलबार) पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।