राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाका चाडबाड, संस्कृति र सम्पदा संरक्षणका लागि चासो व्यक्त गर्नुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र उपप्रमुख सुनीता डङ्गोलसँग सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले काठमाडौँको चाडबाड, जात्रा र यहाँको पुरातात्त्विक सम्पदा संरक्षणबारे विशेष चासो व्यक्त गर्नुभएको राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तीन सय शय्याको नयाँ भवन निर्माण गर्ने भएको छ । हाल उक्त अस्पतालमा एक सय शय्या सञ्चालनमा छन् । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले यसका लागि भवन निर्माणको काम सुरु गर्ने जानकारी दिनुभयो । अस्पताल भवनको डिजाइन तयार भइसकेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुन तर्जुमाक्रममा सरोकारवालासँग सर्वपक्षीय र बृहत् परामर्श आवश्यक भएको बताउनुभएको छ । सर्वोपरि रूपमा कानुनले निरन्तरता पाउने अवस्था हुनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।
राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा मधेश प्रदेशको हिस्सा १३ दशमलव ३ प्रतिशत रहेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को अनुमानित कुल गार्हस्थ्य उत्पादन ४१ खर्ब पाँच अर्ब ५४ करोड रहेकामा मधेश प्रदेशको पाँच खर्ब ४४ अर्ब ८१ करोड हिस्सा रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । मधेश प्रदेश वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवदेनले मधेश प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ३ प्रतिशत रहने अनुमान गरेको छ ।
‘अवैध’ बाटो हुँदै ‘सपनाको देश’ अमेरिका जाने क्रममा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१०, का २० वर्षीय मदन शाही पानामाको जङ्गलमा मृत अवस्थामा भेटिएको खबर घरमा आइपुगेको छ। छोरो अमेरिका पुगेको खबर कहिले आउला भन्दै कुरेर बस्नुभएकी पुतली शाही छोरो नै नरहेको खबर सुनेर मर्माहत हुनुभएको छ। मदनले घर छोडेको वर्ष दिन पुग्नै लाग्दा आइपुगेको दुखद खबरले परिवार र आफन्तलाई विक्षिप्त बनाएको छ।
जाडो बढेसँगै सोमबार बसन्तपुरमा घाम ताप्दै सर्वसाधारण ।
झापाको कनकाई नगरपालिका –३ मा रहेको नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ ।
नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिबीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन् ।
टुटफुट अवस्थामै निर्माण कम्पनीहरूले धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक हस्तान्तरणका लागि कार्यालयमा कागजात बुझाएका छन् ।
मधेस प्रदेशसभा अधिवेशनको पहिलो बैठकले प्रदेश सभा सभामुखको निर्वाचन माघ २ गते सोमबार गर्ने निर्णय गरेको छ ।
पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेश मामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उहाँको कार्यकक्षमा भेटवार्ता गर्नुभयो ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका –५, नौडिहवाका अमिरुन निशा जाडो सुरु भएपछि राम्रोसँग निदाउन पाउनुभएको छैन । सुत्केरी हुने दिन नजिक आउँदैछ ।
चौथो फिदिम नगर गोल्डकपको उपाधि फिदिम स्पोर्टिङ क्लबले जितेको छ ।
मधेश प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक सोमबार बसेको छ । बैठकले प्रदेश सभा अन्तरिम कार्यविधि अन्तर्गत प्रदेश सभा कार्य सञ्चालन नियमावली २०५७ लाई सर्वसम्मत अनुमोदन गरिएको छ ।
निरन्तर चिसो बढ्दै गएपछि रुपन्देहीको रोहिणी गाउँपालिका भित्रका विद्यालयहरू भोलि (मङ्गलबार)बाट बन्द हुने भएको छ ।