अत्यधिक चिसो र शीतलहरका कारण कपिलवस्तुमा विद्यालय बन्द गरिएको छ । जिल्लाको यशोधरा गाउँपालिका र शुद्धोदन गाउँपालिकाले विद्यालय बन्द गरेका हुन ।
तिला नदीमा एक बालक बेपता भएका छन् । जिल्लाको तिलागुफा नगरपालिका १ को भिग्म बजारस्थित तिला नदी किनारमा खेलिरहेका १३ वर्षीय बालक बेपत्ता भएका हुन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सभाकक्षमा आपत्कालीन द्वार (इमर्जेन्सी इक्जिट) तत्काल निर्माण गर्न निर्देशन दिनु भएको छ ।
ताप्लेजुङमा ग्रामीण क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । विभिन्न छ वटा सामुदायिक विद्यालयमा अध्ययनरत एक सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित न्यानो कपडा वितरण गरिएको हो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन हुनुभएको छ । सोमबार बसेको बैठकले दाङबाट निर्वाचित प्रदेश सभा सदस्य चौधरीलाई संसदीय दलको नेता चयन गरेको हो ।
सङ्कटा क्लब पोखरामा जारी २२औँ आहा–रारा गोल्ड कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा सोमबार भएको खेलमा सङ्कटाले विभागीय टोलीको त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलले हरायो ।
धनुषामा राहदानीसम्बन्धी सम्पूर्ण काम रोकिएको छ । सर्भरमा समस्या उत्पन्न भएपछि राहदानीसम्बन्धी सम्पूर्ण काम रोकिएको हो ।
कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन सोमबारदेखि सुरु भएको छ । प्रथम अधिवेशनको पहिलो दिन प्रदेश सभामा प्रतिनिधित्व गर्ने दल तथा प्रदेश सभा सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।
सात राउण्ड गोली र पेस्ताैलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वीचम्पारण माेतिहारी–१६ घर बताउने ४० वर्षीय चन्दन कुमार रहेका छन् ।
नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक वडाध्यक्षले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
युक्रेनको राजधानीमा आइतबार राति रुसी सेनाद्वारा हवाई हमला गरिएको छ । सहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन बसेको छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बसेको हो ।
निर्माण सुरु भएको एक दशक पुग्दासमेत टेकुस्थित विष्णुमती पुल अझै सम्पन्न हुन सकेको छैन । झट्ट हेर्दा पुल निर्माण सकिएको देखिए पनि निर्माणका क्रममा समस्या आएपछि वर्षाैंदेखि पुल अलपत्र छ ।
निर्वाचन आयोगले आउँदो माघ २५ गते बुधबार राष्ट्रिय सभा सदस्यको रिक्त एक सदस्यका लागि उपनिर्वाचन गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई आयोगले परामर्श दिएको छ ।