सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन आजबाट सुरु हुँदै छ । प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन सुरु हुन लागेको हो ।
चुरे क्षेत्रको वन तराई मधेश क्षेत्रको पर्यावरणीय सन्तुलन कायम राख्न निकै महत्वपूर्ण मानिन्छ । यसैले पनि यसलाई सो क्षेत्रका निम्ति जीवनरेखाको रूपमा औँल्याउने गरिन्छ । चुरे क्षेत्र तराई मधेश क्षेत्रका निम्ति मात्र नभई नेपाल र आसपासका क्षेत्रसँग पनि यसको साइनो गाँसिएको छ । यस अर्थमा चुरे क्षेत्रको संरक्षणलाई समग्रमा महत्वपूर्ण पर्यावरणीय कार्यक्रमका रूपमा लिन सकिन्छ । तर विडम्बना यस्तो महत्वपूर्ण पर्यावरणीय क्षेत्रको वर्तमानमा अतिक्रमण तथा विनाशको चपेटामा परेको यथार्थ हामीसामु रहेको छ । चुरे मासिन थालेको चार दशकभन्दा बढी भयो र यसको संरक्षणको प्रयास भए पनि त्यो अझै राम्ररी संस्थागत हुन सकेको छैन ।
पुस १६, बीपी कोइराला २०३३ सालमा आठ वर्ष लामो प्रवास जीवनबाट नेपाल फर्किएको दिन हो । मानिसहरू अहिले पनि यसलाई राष्ट्रिय मेलमिलाप दिवसको रूपमा सम्झन्छन् र यसको सान्दर्भिकता नसकिएको व्याख्या गर्न रुचाउँछन् । बीपीले जुन परिवेशमा राष्ट्रिय मेलमिलापको आवश्यकता औँल्याउनु भएको थियो, आज त्यो परिस्थिति छैन । नेपालको प्रजातन्त्रसँग राष्ट्रियताको सम्झौता गर्नुपर्ने अवस्था आइपर्दा उहाँले प्रजातन्त्रका लागि राष्ट्रियता गुमाउने सर्त मञ्जुर गर्न चाहनु भएन । र उहाँले बरु राजासँग सम्झौता गरेर प्रजातन्त्रको दियो जगाइराख्छु भन्ने दृष्टिकोण राख्नुभयो । यो बेग्लै कुरा हो कि उसबेला राजाले त्यो कुरा बुझेनन् । बुझ्न चाहेनन् । आज मुलुकमा लोकतन्त्र छ र राजतन्त्र मुलुकबाट बिदा भइसकेको छ । त्यसैले यसखालको राष्ट्रिय मेलमिलाप आज पनि सान्दर्भिक छ भन्नु सुगा रटाइ मात्र हुन्छ ।
सन् २०२२ ले बिदा लिएको छ, नयाँ वर्ष २०२३ आरम्भ भएको छ । हामी विक्रम संवत् देशीय पात्रो मान्ने भए पनि संसार इस्वी सन्को घडीमा घुम्छ । राजनीति, अर्थतन्त्र, कूटनीति, विज्ञानप्रविधि यसै पात्रोको ऐनामा संसारले देखिरहेको हुन्छ र समीक्षा यसैको सेरोफेरो हुँदै आगामी रणनीति तय हुन्छ । हामीले हाम्रो अर्थतन्त्रलाई संसारको आलोकबाट टाढा राख्न सक्ने अवस्था छैन । भूमण्डलीकरणले नेपाली अर्थतन्त्रलाई समेत विश्व आलोकमा जोडेको छ । विश्वभर श्रम सिञ्चन गर्न पुगेका नेपालीले पठाएको विप्रेषण नेपाली अर्थतन्त्रको अक्सिजन भएको छ । आयातमा आधारित अर्थतन्त्रले विप्रेषण उपभोगमै राजस्वको आधार सिर्जना गरेको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका ७ घर भई हाल काठमाडाैँमा बस्दै आएका दीपक लामाले आफ्ना पिताको ४९ औँ पुण्य तिथिको अवसर पारेर ७० जना विद्यार्थीलाई विद्यालय पोसाकमा प्रयोग हुने स्वेटर दिनुभएको छ ।
संवैधानिक निकायका रूपमा रहेको महालेखापरीक्षक कार्यालयले प्रत्येक वर्ष सार्वजनिक गर्ने वार्षिक प्रतिवेदनले नेपालमा वित्तीय अनुशासन सही लयमा नभएको देखाउँछ । बढ्दो बेरुजु र त्यसको फस्र्योटमा सम्बन्धित निकाय एवं अधिकारी जिम्मेवार नभइदिने निरन्तरको समस्याले वित्तीय अनुशासनको परिपालना गम्भीर प्रश्न बनेको छ । यसै सन्दर्भमा नेपालको वित्तीय अनुशासनको अवस्था र बेरुजु फस्र्योटमा देखिएका समस्यालगायत विषयमा महालेखापरीक्षक टङ्कमणि शर्मासँग गोरखापत्रका विश्वास रेग्मी र गोपालचन्द्र सुवेदीले गर्नुभएको कुराकानी :
नेपालमा सुकुम्बासी बस्ती जटिल समस्या बन्दै आएको छ । काठमाडौँको थापाथलीस्थित बागमती नदीकिनारामा रहेको सुकुम्बासी बस्तीले व्यवस्थापन समस्या खडा गरेको छ । एकीकृत बागमती सभ्यता विकास आयोजनाले पटक पटक बस्ती हटाउन पहल गरे पनि हट्न सकेको छैन । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाई घर भत्काइए । केही समयपछि पुनः घर बनाइ त्यहीँ बस्ती बसाए । उपत्यकामा बागमतीको अलावा विष्णुमती, धोबी खोला, गोदावरी, मनोहरा तथा बल्खु खोला किनारामा विगत लामो समयदेखि सुकुम्बासी बसोबास गर्दै आइरहेका छन् । नदी, खोला किनारामा बसोबास गर्ने व्यक्ति सबै वास्तविक सुकुम्बासी नै हुन् त ? उत्तर खोज्नुपर्ने भइसकेको छ ।
कोहलपुरमा सञ्चालनमा रहेका दन्त अस्पताल स्थानीय सरकारको अनुमतिबिना नै सञ्चालनमा रहेको पाइएको छ। कोहलपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख अनिलसिंह ठकुरीले हाल कोहलपुरमा सञ्चालित कुनै पनि दाँत अस्पतालले स्थानीय सरकारसँग सञ्चालन अनुमति नलिएको जानकारी दिनुभयो। प्रमुख ठकुरीका अनुसार नेपाल सरकार कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भएकै आधारमा सबै दाँत अस्पताल सञ्चालनमा रहेको तर कसैले पनि स्थानीय सरकारसंग सञ्चालन अनुमति लिएका छैनन्।
रुपन्देहीको सैनामैना नगरपालिका–१०, सालझण्डीका ७५ वर्षीया सावित्रा न्यौपानेलाई २०२७ सालमा नापी भएको घरबास जग्गाको लालपुर्जा आउला भन्ने कत्ति पनि आस लागेकै थिएन। न्यौपानेको परिवारले करिब ५५ वर्ष पहिलेदेखि उक्त जग्गामा घर बनाएका थिए। २०२७ सालमा न्यौपाने परिवारको नाममा उक्त जग्गा नापी भएको थियो तर नापी भएको ५२ वर्षपछि हातमा लालपुर्जा आउँदा सावित्रामा खुसीको सीमा छैन।
मानव बेचबिखन र ओसारपसारमा पछिल्लो समय लोकप्रिय भइरहेको सामाजिक सञ्जाल टिकटकको दुरुपयोग हुन थालेको छ। विशेष गरी किशोर अवस्थाका युवतीहरू टिकटकका माध्यमबाट अपरिचित व्यक्तिहरूको सम्पर्कमा पुगी बेचबिखनको जोखिममा परेका छन्। यसरी टिकटकको माध्यमबाट चिनजान भई सीमापार जान लागेका छ जनालाई माइती नेपाल नेपालगञ्जको टोलीले जमुनाह नाकामा फेला पारी परिवारको सम्पर्कमा पु-याएको छ।
पूर्वी नवलपरासीमा यो वर्ष सुन्तला उत्पादन बढेको छ । जेठ असारमा फूल खेल्ने समयमा पर्याप्त पानी परेका कारण उत्पादन बढी हुँदा करिब सात करोड रुपियाँको सुन्तला बिक्री भएको कृषकले बताएका छन् ।
कुखुराको अन्डा र मासु उत्पादनलाई थप आधुनिकीकरण गर्नुपर्ने सरोकारवालाले जनाएका छन् । दसौँ पोल्ट्री दिवस २०७९ को अवसरमा भरतपुरमा आयोजित कार्यक्रममा विज्ञहरूले मासु तथा अन्डा उत्पादन र बजारमा मागमा घटेकाले किसान विस्थापित हुने खतरा निम्तिएको र यसलाई रोक्न सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिइयो ।
तराईका जिल्लाहरूमा चिसो बढ्दै गएपछि महोत्तरीको सामुदायिक विद्यालयहरू बन्द हुन थालेका छन्। चिसोका कारण विद्यार्थी बिरामी पर्न थालेपछि मनरासिसवा र रामगोपालपुर नगरपालिकाका करिब चार दर्जन सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ। दुवै नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी १७ गते आइतबारदेखि २२ गते शुक्रबारसम्म छ दिनका लागि विद्यालयमा सार्वजनिक बिदा दिइएको जनाएका छन्। नगर प्रशासनका अनुसार मनरासिसवाका २६ सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थी पठनपाठन गर्दछन्। त्यस्तै रामगोपालपुर नगरपालिकामा १८ सामुदायिक विद्यालयमा १० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
लामो समयदेखि सुस्ताएको चितवनको पर्यटन क्षेत्र अङ्गे्रजी नयाँ वर्षले जुर्मुराएको छ । पर्यटकको पर्खाइमा रहेका यहाँका होटल शुक्रबारदेखि भरिएका थिए । नयाँ वर्षको अघिल्लो दिन शनिबार पर्यटकीय क्षेत्र सौराहाका होटल आन्तरिक पर्यटकले भरिएका छन् । अन्य दिनको तुलनामा शनिबार यहाँका होटल भरिएको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिनुभयो । कोरोना, आर्थिक मन्दीका कारण सुस्ताएको पर्यटन क्षेत्रमा नयाँ वर्षले राहत दिएको उहाँले बताउनुभयो । शनिबार मात्रै ७० प्रतिशतभन्दा धेरै होटल भरिएको सङ्घले जनाएको छ । नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिना पहिले जफत गरेको ठूलो परिमाणको ‘एसियन पेन्ट्स’ अहिलेसम्म नष्ट गर्न सकेको छैन । विभागले कात्तिकको पहिलो साता जफत गरेको म्याद गुज्रेको एसियन पेन्ट्स नष्ट गर्ने ठाउँ उपलब्ध गराउन नसक्दा यस्तो समस्या आएको हो । विभागका निर्देशक होमनाथ भट्टराईले म्याद गुज्रेको एसियन पेन्ट नष्ट गर्ने विषयमा निरन्तर प्रयास गरिएको तर उचित ठाउँ अहिलेसम्म नपाएको बताउनुभयो । पेन्ट्स नष्ट गर्ने ठाउँ उपलब्ध गराउन डेढ महिना पहिले नै काठमाडौँ महानगरपालिकालाई पत्राचार गरेर अनुुमति मागे पनि अहिलेसम्म अनुमति नदिएकाले अझै अन्योल भएको उहाँले जानकारी दिनुभयो ।