• २० असोज २०८१, आइतबार

सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन आज

blog

सुदूरपश्चिम प्रदेश सभा । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, पुस १८ गते । सुदूरपश्चिम प्रदेश सभाको प्रथम अधिवेशन आजबाट सुरु हुँदै छ । प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा प्रदेश सभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन सुरु हुन लागेको हो । 

प्रदेश सभाको पहिलो बैठक दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) र राप्रपा गरी छ दलको प्रतिनिधित्व भएको छ । यसैगरी, एक जना स्वतन्त्रबाट निर्वाचित प्रदेश सदस्यको प्रतिनिधित्व भएको छ ।