• १२ असोज २०८१, शनिबार

बुवाको पुण्य तिथिमा ७० जना विद्यार्थीलाई न्यानो कपडा

blog

दाताबाट प्राप्त गरेको स्वेटर लगाएर सामूहिक तस्बिर खिचाउँदै थोकपन आधारभूत विद्यालयका शिक्षक, विद्यार्थी । गोरखापत्र

राधा लुइँटेल

फिदिम, पुस १८ गते । पाँचथरको फालेलुङ गाउँपालिका ७ घर भई हाल काठमाडाैँमा बस्दै आएका दीपक लामाले आफ्ना पिताको ४९ औँ पुण्य तिथिको अवसर पारेर ७० जना विद्यार्थीलाई विद्यालय पोसाकमा प्रयोग हुने स्वेटर दिनुभएको छ ।

उहाँले अत्यन्तै चिसो ठाउँका रूपमा परिचित फालेलुङ ७ को थोक्पन आधारभूत विद्यालयका छात्रछात्रालाई उपलब्ध गराउनुभएको हो । पिता जगतबहादुर लामाको ४९ औँ पुष्य तिथिको अवसरमा कक्षा ६ देखि ८ सम्म अध्ययन गर्दै आएका ७० जना  छात्रछात्रालाई जाडोमा उपयोगी स्वेटर वितरण गरिएको लामाले बताउनुभयो ।