• १३ साउन २०८१, आइतबार

नाटक 'महाभारा' मञ्चन हुने

blog

काठमाडौं, पुस १९ गते । वसन्त बस्नेतको उपन्यास महाभारामा आधारित नाटक ‘महाभारा’ बुधबारदेखि मञ्चन हुने भएको छ । चेतना नाट्य समूहले नारी विकास सभागृह इलाममा पुस २० देखि ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो । 

निर्देशक अन्वेश थुलुङ राईका अनुसार पूर्वीपहाडकै गाउँ–घरको कथावस्तुमा आधारित उपन्यासलाई कलात्मक अभिनयका माध्यमबाट सबैमा पुर्‍याउने प्रयासले यसलाई नाटकीय रूप दिन लागिएको हो । 

भावना मगर, प्रकाश मगर, आशिका सक्तेन, गोपीराज लिम्बू, दर्शन सरकार, सुशान्त चापागाईँ, कृष्ण मगर, प्रतिमा रिजाल, मोहन राई, रचना नेम्बाङ, मनिष विक, रोजन गुरुङ, विमला रानामगर र तेज मगरुहित नाटकमा १५ जनाको अभिनय रहनेछ ।