• २ असार २०८२, सोमबार

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

blog

वसन्त पराजुली
नारायणगढ, असार २ गते ।
राप्ती नदीमा माछा मार्न गएका बेला गैँडाले आक्रमण गर्दा  एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ मेघौली सेराइ होटल पछाडी रहेको राप्ती खोलामा आइतबार राति करिब ८ बजे माछा मार्न गएका स्थानीय ६० वर्षका जंगे कुमाललाई गैँडाले आक्रमण गरेको हो ।

ईलाका प्रहरी कार्यलय दिब्यनगरका प्रहरी नायब निरीक्षक विनोद अधिकारीका अनुसार गैँडाको आक्रमणबाट घाइते हुनुभएको कुमारको उपचारका क्रममा भरतपुर अस्पतालमा राति ९ बजे मृत्यु भएको हो । गैँडाको आक्रमणबाट कुमालको घुडा र अनुहारमा गम्भीर चोट लागेको थियो ।