• २० असोज २०८१, आइतबार

सांसदद्वय आले र राईले लिनुभयो शपथ

blog

सांसदद्वय प्रेमबहादुर आलेमगर र माया राईलाई शपथ गराउनुहुँदै प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरा । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस १९ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेमबहादुर आलेमगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज (मङ्गलबार) पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

आज मध्याह्न साढे १२ बजे सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको कानुन समितिको हलमा उहाँहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउनुभएको हो ।

सांसद आलेको आमाको निधन भएकाले शपथ लिन पाउनु भएको थिएन । त्यस्तै, सांसद राई सुत्केरी भएपछि शपथ लिन पाउनुभएको थिएन । यसअघि पुस ८ गते सांसद महेन्द्र राय यादव र राजकुमार राईले शपथ लिनुभएको थियो ।