• २० असोज २०८१, आइतबार

कांग्रेसको मुख्य सचेतकमा लेखक

blog

नेपाली कांग्रेसको मुख्य सचेतकमा मनोनित हुनुभएको रमेश लेखक । फाइल तस्बिर

काठमाडौं, पुस १९ गते । नेपाली कांग्रेसको मुख्य सचेतकमा रमेश लेखक मनोनीत हुनुभएको छ । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले आज (मङ्गलबार) उहाँलाई सो पदमा मनोनीत गर्नुभएको हो ।

सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम नेता लेखकलाई मुख्य सचेतक पदमा मनोनीत गर्नुभएको कांग्रेस संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।