• २० असोज २०८१, आइतबार

राष्ट्रपति भण्डारीसमक्ष श्रीलङ्काका राजदूतको बिदाइ भेट

blog

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भेट गर्नुहुँदै नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलका । तस्बिर : राष्ट्रपति कार्यालय

काठमाडौं, पुस १९ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुणातिलकाले बिदाइ भेट गर्नुभएको छ।

शिष्टाचार बिदाइ भेटमा राष्ट्रपति भण्डारीसँग नेपाल र श्रीलङ्काको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो। 

बिदाइ भेटका लागि राजदूत अरुणातिलका मङ्गलबार दिउँसो राष्ट्रपति कार्यालयमा महाराजगञ्ज पुग्नुभएको थियो।