नेपाली गीतसङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुनुहुन्छ पूर्णिमा लामा। डेढ दशकदेखि निरन्तर गीत सङ्गीत क्षेत्रमा सक्रिय रहनुभएको उहाँले हालसम्म चार सयभन्दा बढी गीतमा आफ्नो आवाज भरिसक्नुभएको छ। उहाँको हिजोसम्म मलाई माया, डाँडापारि मेरो माया, आमा, भाग्यले नि छल्छ, मुटु जली खरानी भो, फूल भनौँ जिन्दगीलाई लगायतका गीतहरू चर्चामा छन्। लामा स्वदेश तथा विदेशमा आयोजना हुने महोत्सवहरूमा व्यस्त हुनुहुन्छ। गायिका लामाले सर्वोत्कृष्ट नव गायिका विधाबाट पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७३, सर्वोत्कृष्ट नव गायिका विधाबाट प्रथम नेपाल म्युजिक अवार्ड २०७५, सर्वोत्कृष्ट गायिका विधाबाट एघारौँ विन्ध्यावासिनी म्युजिक अवार्ड २०७७ र सर्वोत्कृष्ट गायिका विधाबाट नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८ सहित राष्ट्रिय स्तरका दर्जनौँ अवार्डहरू पाइसक्नुभएको छ।
हुम्लावासीले परम्परादेखि नै मनाउँदै आएको ‘भुओ’ पर्व सल्लाका झरोको ( लोस्टो) राँको बालेर गाउँको सार्वजनिक स्थान ( चौपाडी) मा मनाउने गरिन्छ। स्थानीय पहिरनमा सजिएका पुरुषहरूले रातभरि चुट्किला गीत गाएर जाग्राम बस्दै सो पर्व मनाउँदै आउनुभएको हो।
लुम्बिनी प्रदेशका ठूला राजनीतिक दलहरूले संसदीय दलको नेता टुङ्गो लगाएसँगै प्रदेशमा सरकार निर्माणको कसरत सुरु भएको छ। नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले निर्विरोध रूपमा संसदीय दलको नेता चयन गरेपछि नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको हो।
पछिल्लो तिन दिन देखी बढेको शीतलहरका कारण पश्चिम नवलपरासीको जनजीवन कष्टकर बनेको छ । नवलपरासीको मैदानी भागमा पछिल्लो तीन दिनदेखि बढेको शीतलहरका कारण घाम देखिएको छैन ।
गत असोजमा गएको पहिरोले क्षति पु-याएको कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने भिगौडा गौँडादेखि लालीबगरसम्मको सडक मर्मत हुन सकेको छैन। निर्माण सम्पन्न भएको सडकलाई पहिरोले क्षति पु-याएपछि त्यसको मर्मत कार्य अगाडि बढाउन म्याद थप कार्यमा हिल्सा–सिमकोट सडक आयोजनाले ढिलाइ गरेको कारण मर्मत हुन नसकेको हो।
रुकुमपश्चिममा पाँच वर्ष पहिले निर्माण सुरु गरिएको एउटा सडकखण्डको म्याद सात पटक थप गरिएको छ। साताैँ पटक म्याद थप भए पनि ठेकेदार सम्पर्कविहीन भएका छन्। जिल्लाको मुसीकोट नगरपालिकामा रहेको शीतलपोखरी–झुल्खेत–चुन्वाङ सडकखण्ड निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी म्याद थप गरेपछि सम्पर्कविहीन भएको हो। ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत सञ्चालित उक्त सडकखण्ड निर्माणका लागि पीएच/एसएमएनएस जेभीले जिम्मा लिएको थियो। २०७४ सालमा निर्माण सुरु गरिएको उक्त सडकखण्डको काम ठेकेदार कम्पनीका कारण बेलैमा हुन नसकेको आयोजना कार्यान्वयन एकाइ रुकुमपश्चिमका व्यवस्थापक टङ्कप्रसाद खनालले जानकारी दिनुभयो।
स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सुन्न र गुनासाहरूलाई व्यवस्थित रूपमा सुनुवाइ गर्न ‘हेल्लो वालिङ’ कल सेन्टर सञ्चालन गर्ने भएको छ ।
कैलालीमा स्थानीय सरकार गठन भएको लामो समय पुग्दासमेत फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बनेको छैन। कैलालीका पूर्वी क्षेत्रका गाउँपालिका तथा नगरपालिकाबाट उठ्ने फोहोरलाई सामुदायिक वनमा थुपारेर दुर्गन्ध बढाउने काम गरेको स्थानीयको आरोप छ।
जिल्ला सदरमुकाम मार्तडीको पाल्तमा रहेको बसपार्क निर्माणको काम अलपत्र परेको छ। झन्डै चार वर्षअघि सुरु भएको सो बसपार्क निर्माणको काम अहिलेसम्म पूरा भएको छैन। साँफे–मार्तडी राजमार्गअन्तर्गत बाजुराको बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भए पनि अहिलेसम्म बसपार्क नहुँदा त्यहाँ चल्ने सवारीसाधन सडकमै पार्किङ गर्दै आएको पवनदूत मार्तडी काउन्टर इन्चार्ज सन्तोष डँडालले बताउनुभयो। उहाँले भन्नुभयो, “सडक कालोपत्रे भएसँगै गाडी मार्तडीसम्म गुड्न थालेको झन्डै चार वर्षभन्दा बढी भयो। बसपार्क निर्माण हुन लागेको पनि झन्डै चार वर्ष भयो। अहिलेसम्म निर्माण पूरा भएको छैन।”
कैलालीका १८ गाउँका किसानले सिँचाइ समस्या भोगिरहेका छन्। कैलारी गाउँपालिका–२, कुकुरभुक्कास्थित कटैनी नदीमा रहेको गुर्गी सिँचाइ आयोजना सञ्चालन नहुँदा सो गाउँपालिकाको वडा नं. १, ५ र ७ को १८ गाउँका किसानले समस्या भोगिरहेका हुन्। उनीहरूले सो आयोजनाबाट सिँचाइ गर्न नपाएको डेढ दशक पुग्न थालेको छ।
समय बलवान् समय, जन्म र मरणबीचको समय जीवन समय, अमूल्य समय, पलपलदायी समय मनोहर सुखद लालिमा भावपूर्ण समय । उमङ्ग र उत्साह भावविभोर समय ।
इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षटोली आर्सनल न्युक्यासलसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा आर्सनल न्युक्यासलसँग गोलरहित बराबरीमा रोकिएको हो ।
कुनै पनि दलको एकल बहुमत नरहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीका नेताको कसरत बढेको छ। प्रदेश सभामा दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता खगराज भट्ट, एमालेका सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता राजेन्द्रसिंह रावल र नागरिक उन्मुक्ति पार्टीका दलको नेता रामेश्वर चौधरीको दौडधुप बढेको हो। मुख्यमन्त्री आफूले पाउनुपर्ने भन्दै तीनै जनाले ‘लबिङ’ गरिरहनुभएको छ। सबै कुराको जोडतोड आकलन गर्दा यो प्रदेशको नेतृत्व आफ्नो पार्टीले पाउनेमा आफू विश्वस्त रहेको माओवादी केन्द्रका संसदीय दलको नेता भट्टले बताउनुभयो। “यो प्रदेश हामीले नै पाउँछौँ भन्ने मलाई विश्वास छ,” उहाँले भन्नुभयो, “केन्द्रसहित सातवटै प्रदेशमा प्याकेजमै सहमति हुने कुरा हो।” डडेल्धुराबाट चुनाव जित्नुभएका भट्ट सुरुवातदेखि नै मुख्यमन्त्रीको दाबेदार हुनुहुन्छ। उहाँले मुख्यमन्त्री पाउने सम्भावना बढी रहेको चर्चा पनि हुन थालेको छ। यद्यपि, भट्टले मुख्यमन्त्री पाउनका लागि नेकपा (एमाले)सहित नागरिक उन्मुक्ति पार्टी, राप्रपालगायतको समर्थन प्राप्त गर्न आवश्यक छ; जुन तत्कालै सम्भव देखिएको छैन। प्रदेश सभामा तेस्रो ठूलो दल नेकपा (एमाले) र सरकार गठनका लागि निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टीले पनि मुख्यमन्त्रीको दाबी गरेका छन्। संसदीय दलको नेता बन्नु भनेको खालि नेता बन्नकै लागि मात्रै नरहेको भन्दै नेकपा (एमाले) संसदीय दलका नेता रावलले मुख्यमन्त्रीमा आफ्नो दाबी स्वाभाविक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “दलको नेता त्यसै बनाइएको होइन। मुख्यमन्त्रीमा एमालेको दाबी नहुने भन्ने कुरै हुँदैन।”
मङ्गलबारदेखि सुरु गण्डकी प्रदेशको प्रदेश सभाको पहिलो बैठकमा दुई अध्यादेश पेस भएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गर्नुभएको पत्र बैठकमा पढेर सुनाइएको थियो। प्रदेशका ज्येष्ठ सदस्य एवं सभामुख मित्रलाल बस्यालले बैठक प्रारम्भ गर्नुभएको थियो। आजको पहिलो बैठकमा प्रदेश निजामती तथा स्थानीय सेवासम्बन्धी अध्यादेश पेस भएको छ। गण्डकी प्रदेश सरकारले अघिल्लो संसद् बैठक अन्त्य भइसकेपछि प्रदेश निजामती तथा स्थानीय सेवासम्बन्धी अध्यादेश गत असोज ७ गते जारी गरेको थियो। बैठकमा गण्डकी निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश कानुनमन्त्री विन्दुकुमार थापाले पेस गर्नुभएको हो।
बजेट अभावमा वर्षौंदेखि थला परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ बेँसीदेखि लेकगाउँ जोड्ने सडक योजना गाउँमा जलविद्युत् आयोजना भित्रिएसँगै निर्माण भएको छ। सडक निर्माण गर्न गाउँलेहरूले चन्दा सहयोग तथा जग्गाधनी पुर्जा बैङ्कमा धितो राखी रकम जोहो गरेर १० वर्षअघि सडक निर्माण थाले पनि आवश्यक रकम जुटाउन नसक्दा सडक योजना थला परेको थियो।