• २० असोज २०८१, आइतबार

आर्सनल बराबरीमा रोकियो

blog

न्युक्यासल का खेलाडीलाई कार्ड देखाउँदै रेफ्री । तस्बिर : एएफपी

काठमाडौं, पुस २० गते । इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षटोली आर्सनल न्युक्यासलसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा आर्सनल न्युक्यासलसँग गोलरहित बराबरीमा रोकिएको हो ।

लगातार पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा आर्सनल अङ्क बाँड्न बाध्य भयो । बराबरीसँगै शीर्षस्थानमा यथावत् रहेको आर्सनलले १७ खेलबाट ४४ अङ्क बनाएको छ । ३५ अङ्क बनाएको न्युक्यासल तेस्रो स्थानमा छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३६ अङ्क छ । मंगलबार राति नै भएको अन्य खेलमा म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई ३–०, फुलहामले लेस्टर सिटीलाई १–० र ब्राइटनले एभर्टनलाई ४–१ गोलले पराजित गरेको छ । एजेन्सी