• २० असोज २०८१, आइतबार

मृतक खेलाडीको परिवारलाई एन्फाले आठ लाख दिने

blog

काठमाडौँ, असोज २० गते । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतिपरिवार आठ लाख रुपियाँ सहयोग गर्ने भएको छ 

एन्फाको आइतबार बसेको आपतकालीन बैठकले मकवानपुरको सिस्नेरीस्थित वात्सल्यदेवी एकेडेमीमा फुटबल सिक्दै आएका आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवश बानियाँ, अनुपम घलान र साइमन योञ्जनको पहिरोमा परेर निधन भएको थियो । 

एन्फा बैठकले प्रत्येक बालकको नाममा परिवारले चाहेको ठाउँ र क्षेत्रमा दुई लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने, एन्फाले सञ्चालन गर्ने छात्र स्कुल प्रतियोगितालाई ६ खेलाडीको स्मृतिमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

यस्तै एन्फाले बालकहरुको मृत्युको घटना छानविन गर्न केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठ संयोजक रहेको समिति गठन गरेको छ । समितिमा एन्फा सदस्य टीकाराम लामा र सहायक महासचिव दामोदर भट्टराई हुनुहुन्छ ।