सुनसरीको दुहबी नगरपालिकाले आफ्ना १२ वटा वडामा गरी पाँच सय विपन्न, ज्येष्ठ नागरिक र एकल महिलालाई बढ्दो जाडोबाट बच्न फाइबर सिरक वितरण गरेको छ ।
पश्चिम नवलपरासीको सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगमा स्थानीयले तालाबन्दी गरेका छन् । उद्योगले प्रदूषण फैलाएको भन्दै स्थानीयले तालाबन्दी गरेको हो ।
पूर्वी नवलपरासी जिल्लामा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिक रूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ ।
गाउँपालिका केन्द्रबाट खुर्पानाथ गाउँपालिका–४ को वडा कार्यालय छिप्रा जोड्ने सडकको निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा सो सडक दुई वर्ष लगाएर निर्माण कार्य सम्पन्न भएको हो ।
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि गठित विभिन्न उपसमितिहरूको बैठक नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ ।
पाँच वर्ष कतार बसेर अब विदेश नजाने सोच बनाइ स्वदेश फर्किएका पाल्पा मैनादीका चुण्डप्रसाद नेपाल रोजगारीका लागि फेरि भारत जान लाग्नुभएको छ । दुई छोरीका बाबु भइसकेका नेपालले गाउँमै बसेर केही व्यवसाय थाल्नु पनि भएको थियो तर त्यसबाट सफलता नमिलेपछि कामको खोजीमा भारततर्फ जान लाग्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्नुभएको छ ।
युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरूको प्राथमिकता तोक्नुभएको छ । उहाँले युक्रेनले आगामी वर्षमा गर्ने कामहरूका १० वटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ ।
जिल्लाको शितगंगा नगरपालिकामा भालुको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
औरही नगरपालिका –७ स्थित इँटाभट्टा नजिक एक व्यक्ति शङ्कास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको छ । औरही नगरपालिका ७ स्थित एमटीएल इँटाभट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शङ्कास्पद मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका पासाङ तामाङले जुस, जामा, चक्लेट बनाउने तालिम पाएपछि भन्नुभयो, यस तालिमले स्थानीय कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको छ, अब सरकारले आवश्यक सहयोग गरेमा उद्यमी भएर आयआर्जन गर्न सकिने रहेछ ।
विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकमा महल जस्ता विद्यालय भवन निमार्ण भएका छन् । भूकम्प प्रतिरोधात्मक भवन निमार्ण पछि विद्यार्थीहरू सुरक्षित रूपमा अध्ययन गर्न पाएका छन् ।
भाइबहिनीहरू तिमीहरूलाई थाहा छ ? समुद्री जीवमा सबैभन्दा शान्त डल्फिनलाई माछाको समूहमा राखिँदैन नि, डल्फिनलाई छुट्टै स्तनधारी जीवको समूहमा राखिन्छ । वैज्ञानिक भाषामा फिमेल डल्फिनलाई काउज र मेललाई बुल्स भन्ने गरिन्छ । समूहमा बस्न रुचाउने डल्फिन आफ्नो समूहको पोथी डल्फिनले बच्चा जन्माएमा उसलाई मिलेर स्याहार गर्ने खानेकुरा खुवाउने गर्दछन् । डल्फिन आफ्ना साथीहरूसँग कुरा गर्दा सिट्टी बजेको झैँ आवाज आउने गर्दछ । डल्फिन एक अर्कालाई एक विशेष आवाजमा नामले नै बोलाउने गर्छन् ।
रोल्पाको खुङ्ग्रीमा सोनम र उनको परिवार बस्थे । उनको परिवारमा उनको आमा, बुवा, भाइ र उनी थिए । उनको बुवा काम गर्नका लागि विदेश जानुभएको थियो । उनको आमासँग भन्दा बुवासँग राम्रो सम्बन्ध थियो । सोनम पढ्न र लेख्न रुचाउँथिन । गाउँमा राम्रो विद्यालय थिएन । त्यसैले केही समयपछि उनीहरू बसाइँ सरेर सहर गए । सहरमा गएपछि सोनमको आमाले उनलाई र उनको भाइलाई नयाँ विद्यालयमा भर्ना गरिदिनुभयो ।
तराई मधेशको जिल्लामा सोमबार बिहानदेखि बढ्दै गएको चिसो र शीतलहरका कारण धनुषाको ६ वटा पालिकाले विद्यालय विदा दिएका छन् ।