• २० असोज २०८१, आइतबार

सुदूरपश्चिम र कर्णाली प्रदेश हुँदै मनसुन बाहिरियो

blog

फाइल तस्बिर

काठमाडौँ, असोज २० गते । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै भू-भाग हुँदै मनसुन बाहिरिएको छ।

महाशाखाले आइतबार अपरान्ह एक सूचना प्रकाशन गरेर लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको जानकारी गराएको छ।

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिएको छ। महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको बताएको छ ।