• १३ साउन २०८१, आइतबार

काठमाडौंमा स्रष्टा समाजको बहुभाषिक कविगोष्ठी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १७ गते । नेपाल स्रष्टा समाजले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा आइतबार बहुभाषिक कविगोष्ठी सम्पन्न गरेको छ । कवि गोष्ठीमा करिब २५ जना कविहरूले विभिन्न भाषाका कविता वाचन गरेका थिए ।

स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को सभापतित्वमा भएको कवि गोष्ठीमा कविहरू डा. नवराज कट्टेल (संस्कृत), गोपाल अश्क (भोजपुरी), लक्की चौधरी (थारु), गणेश राई (राई), शीतल गिरी (अवधि), प्रह्लाद पोखरेल (खस), शेर्पा शेर्पा (शेर्पा), जीवनराम जैशी (अछामी), अब्दुल सलाम खान (उर्दू), कविराज तामाङ (तामाङ), सोम धिमाल (धिमाल) लगायतले कविता वचन गर्नुभएको थियो ।

कार्यक्रममा नाट्यकर्मी अशेष मल्ल, कविहरू श्रीओम श्रेष्ठ, लक्ष्मण गौतम, पवन आलोक, तारा सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।