काठमाडौं नाईट्सले नेपाल टी–२० क्रिकेट लिगमा सानदार जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा काठमाडौं नाईट्सले जनकपुर रोयल्सलाई ९० रन ले हरायो ।
मौसममा आएको परिवर्तनसँग चिसो बढेको छ । दिनहुँ बढ्दै गरेको चिसोले यस क्षेत्रको जनजीवन थप कष्टकर बन्दैगएको छ ।
गुल्मीमा संस्कृति संरक्षण गर्न पञ्चेबाजा वितरण गरिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ८ तुराङमा दलित उत्थान कार्यक्रम अन्तर्गत एक लाख रुपियाँको बजेटबाट पञ्चेबाजा खरिद गरी वितरण गरिएको वडा सचिव लक्ष्मी अर्यालले जानकारी दिनुभयो ।
महोत्तरीको बर्दिबासमा विविध कार्यक्रम गरी सातौँ ‘राष्ट्रिय टोपी दिवस’ मनाइएको छ । ‘नेपाली टोपी हाम्रो शान, पहिचान र स्वाभिमान’ नाराका साथ दिवस मनाइएको हो ।
इस्वी सम्वतको नयाँ वर्षको अवसरमा धनुषाको ढल्केवरस्थित पर्यटकीय स्थल मिथिला सागरमा आन्तरिक पर्यटक तथा पिकनिक (वनभोज) मनाउनेहरूको भीड लागेको छ ।
विगतका वर्षहरूमा अङ्ग्रेजी नयाँ वर्षहरूमा पनि दोलखाका होटलहरू भरिभराउ हुने गरेका थिए तर यो वर्ष भने होटलहरुमा खासै रौनक छाएको देखिँदैन । जिल्लाको मुख्य पर्यटकीय क्षेत्रमा पनि पर्यटकको चहलपहल खासै बढेको छैन ।
तीन जिल्लाको संगमस्थलमा रहेको शिला शालिग्रामको संरक्षणमा तीन जिल्ला जुटेका छन् । स्याङ्जा, पर्वत र गुल्मी जिल्लाले सेतिवेणीमा रहेको शिला शालिग्रामको संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउन लागि परेका हुन् ।
नेपथ्य समूहले नेपालमा मानवताको रक्षा गर्न सबै पक्षसँग अपिल गरेको छ । मानवता प्रवर्द्धनको अभियानसहित थालिएको एक महिने नेपथ्य कन्सर्ट यात्रालाई काठमाडौँमा बिट मार्दै सो समूहले नेपालमा मानवता रक्षाको लागि सबै पक्ष एकजुट भएर हातेमालो गर्नुपर्नेमा जोड दिएको हो ।
मधेश प्रदेशमा ११० वटा पालिका प्राकृतिक वनविहीन छन् । मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेशमा १३६ वटा पालिकामध्ये ११० वटा पालिका प्राकृतिक वनविहीन छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको लेक गाउँस्थित स्वाँरको फाँटमा सिँचाइ अभावका कारण आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ ।
धनकुटाको भेडेटारमा शनिबारबाट खाना महोत्सव सुरु भएको छ ।
मौलिक लोक शैलीका गीतमा छुट्टै परिचय बनाउनुभएकी गायिका लक्ष्मी आचार्य यो क्षेत्रमा प्रवेश गर्नुभएको १२ वर्ष भयो। आचार्यको करिब सयभन्दा बढी गीत बजारमा आइसकेका छन्। गायिका आचार्यसँग गीत सङ्गीतमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
पछिल्लो वर्षझैँ यो वर्ष पनि व्यावसायिक हिसाबले बलिउडका लागि खासै राम्रो ठहरिएन। यो वर्ष पनि बलिउडमा चलचित्रहरूको सङ्ख्या बढाउने काम मात्र भए। सन् २०२२ को वर्षमा बलिउडका चलचित्र हिट कम फल्प धेरै भए। वर्षभरि नै बलिउडमा चलचित्रको कथाभन्दा पनि कलाकारहरूले चलचित्रलाई चलाउने काम गरे। अहिलेका दर्शक रोनाधोना, एक्सनभन्दा पनि फर्मुलाले भरिएको चलचित्र धेरै हेर्न रुचाउने देखियो।