पाँचथरमा कला संस्कृति र रैथाने खानेकुराको प्रवर्द्धन गर्न चासोक मेलाको आयोजना गरिएको छ ।
सरकारले ल्याएको वन नियमावलीका विभिन्न प्रावधान विभेदपूर्ण रहेको भन्दै नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले सो नियमावली खारेज गर्न माग गरेको छ । गत असार १६ गते राजपत्रमा प्रकाशित वन नियमावली २०७९ मा स्वदेशी काठको खपत बढाउनुको साटो आयात बढाउने र सीमित पक्षलाई फाइदा पुग्ने किसिमका प्रावधान राखिएको भन्दै महासङ्घले यस्तो माग गरेको हो ।
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड साधारण सेयर निष्कासन गर्ने भएको छ । आयोजना क्षेत्रका नागरिकका लागि कम्पनीले साधारण सेयर निष्कासन गर्न लागेको हो । आगामी मङ्गलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीले सेयर भर्न सक्नेछन् । प्रभावित क्षेत्रका नागरिकका लागि १० प्रतिशत सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कुल जारी हुने ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख ५० हजार बराबरको आठ लाख दुई हजार ५०० कित्ता साधारण सेयर प्रभावित क्षेत्रका लागि निष्कासन गरिने महर्जनले जानकारी दिनुभयो ।
अफ्रिकन स्वाइन फिभर सङ्क्रमणका कारण बङ्गुर मर्न थालेपछि म्याग्दीका फार्महरू रित्तिन थालेका छन् । एक सातायता बङ्गुर फार्महरूमा स्वाइन फिभरको सङ्क्रमण फैलिएको छ । सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा किसानले पालेका बङ्गुरमा सङ्क्रमण देखिएपछि हालसम्म तीन सयभन्दा बढी बङ्गुर मरेको भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र म्याग्दीले जनाएको छ । व्यावसायिक रूपमै पालिएका बङ्गुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन तथा केही फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो ।
रेसुङ्गा नगरपालिका–३ का ३९ वर्षीय उदयबहादुर खत्रीको सुन्तला बगैँचामा लटरम्म सुन्तला छन् । सुन्तला बगैँचामा बोटले धान्न नसक्ने गरी सुन्तला फलेको देख्दा हेर्नेको मन लोभ्याउने गर्छ । एक सयभन्दा बढी बोट सुन्तलाले राम्रो फल दिएको देख्दा बगैँचामा जाने सबैले खत्रीलाई बधाई पनि दिने गर्छन् तर खत्रीलाई भने बाहिर देखेजस्तो नभएको र सुन्तला सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यताले सताएको छ । आफ्नो बगैँचामा अहिले पाँच लाख रुपियाँभन्दा बढीको सुन्तला भएको उहाँको दाबी छ तर पर्याप्त बजार नपाउँदा सदरमुकाम तम्घासका एक व्यापारीलाई दुई लाख ५० हजार रुपियाँमै सबै सुन्तला बेच्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो ।
महोत्तरीको मनरासिसवा नगरपालिकाबाट ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचितमध्ये ४ जना महिला र दुई पुरुष सांसद हुनुहुन्छ ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा रहेको बेलामाण्डौ डेल्टा सडक खण्डको बार्जुगाड नदिमा निर्माणाधीन पुल सात वर्ष बितिसक्दा पनि दुई वटा पिलर मात्र तयार भएको छ । ठेकेदार र नियामक निकायको मिलेमतोमा ढिलासुस्ती हुँदा ४५ मिटर लम्बाइको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ ।
कच्ची हुँदा नियमित उडान भइरहेको खोटाङको लामीडाँडा विमानस्थल स्तरोन्नतिपश्चात् छ वर्षदेखि कामविहीन बनेको छ। खोटाङको सबैभन्दा पुरानो जिल्लावासीको यात्राको एक मात्र माध्यम रहेको विमानस्थलमा अहिले उडान नहुँदा व्यापार व्यवसायसमेत ठप्प भएको छ। खोटाङको रावाबेँसी गाउँपालिका–३, लामीडाँडामा वि.सं. २०२८ मा निर्माण सम्पन्न पश्चात् खोटाङवासीको यात्राको एक मात्र माध्यम भएको थियो। उडान बन्द गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणको छ करोड ३४ लाख बजेटमा २०७३ सालबाट स्तरोन्नति गर्न सुरु ग¥यो। विमानस्थलको काम सम्पन्नपश्चात् २०७६ असार ३ गते प्राधिकरणले समिट एयरको जहाजको सफल परीक्षण उडान ग¥यो तर त्यसपश्चात् उडान नहुँदा आसपासका व्यापार व्यवसाय ठप्प भएका छन्।
चिसो बढेपछि हिमाली क्षेत्रबाट चरनका लागि तल झारिएका भेडीगोठ आजभोलि उदयपुरका उच्च पहाडी भेगको जङ्गलमा राखिएको छ। पूर्वी नेपालको भित्री मधेस र महाभारत शृङ्खलामा अवस्थित उदयपुर जिल्लामा जाडोको मौसम सुरु हुनासाथ माथिल्लो सोलुखुम्बु र ओखलढुङ्गा जिल्लाबाट हरेक वर्ष चरिचरनका लागि भेडीगोठहरू उदयपुर ल्याउने गरिन्छ।
सुनसरीका किसानले आफ्नै खेतबारीमा तेलहन बाली लगाउन थालेका छन् । खानका लागि तोरीको तेल उपयुक्त हुने र तोरीबाली लगाउन पनि सहज भएकाले इनरुवासहित आसपास क्षेत्रका स्थानीय किसान तोरी खेतीतर्फ आकर्षित बनेका छन । बजारमा पाइने खाने तेलमा अत्यधिक मिसावट भएको र त्यसले स्वास्थ्य नकारात्मक असर गर्न थालेपछि किसानको आफ्नै पहल र अगुवाइमा तोरी खेती लगाउने क्रम सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा आउनुहुने भएको छ । आजदेखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उहाँ पोखरा आउन लाग्नुभएको हो ।
विगतमा सरकारले दिएको उपदान (गोल्डेन हेन्डसेक) सुविधा लिन छुटेका विद्यालयका शिक्षकलाई सरकारले फेरि अवसर दिएको छ । यस्तो सुविधा लिन नपाएकालाई सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा निवेदन दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुरोध गरेको छ । सरकारले २०७३ साल असार १५ गतेसम्म अस्थायी रूपमा कार्यरत शिक्षकलाई यस्तो सुविधा दिएको थियो ।
देशैभर पोल्ट्री दिवस मनाइरहँदा कुखुरापालक किसानमा भने त्यति उत्साह देखिँदैन । कोरोना कहर सकिएसँगै आर्थिक मन्दी खेपिरहेका बेला कुखुराको मासु र अन्डा उत्पादनमा आएको गिरावटसँगै किसानमा उत्साह पनि खस्कँदै आएको हो । अझै कुखुरामा देखिएको बढ्दो रोगको सङ्क्रमण र बैङ्क तथा वित्तीय संस्थाले बढाउँदै गएको ब्याजदरले किसान उठ्नै नसक्ने गरी थला परेको गुनासो व्यवसायीको छ ।
देशकै प्रमुख पर्यटकीय सहर पोखराका स्थानीयको पाँच दशकदेखिको सपना साकार भएको छ । पोखरामा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आइतबार उद्घाटनसँगै ५० वर्षदेखिको सपना पूरा हुने भएको हो ।
पृथ्वीराजमार्गमा पर्ने तनहुँको बन्दिपुर गाउँपालिका–५ याम्पामा शनिबार दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।