• २६ वैशाख २०८१, बुधबार

मोलुङले साधारण सेयर निष्कासन गर्ने

blog

ओखलढुङ्गा समाचारदाता

ओखलढुङ्गा, पुस १७ गते । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड साधारण सेयर निष्कासन गर्ने भएको छ । आयोजना क्षेत्रका नागरिकका लागि कम्पनीले साधारण सेयर निष्कासन गर्न लागेको हो । आगामी मङ्गलबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीले सेयर भर्न सक्नेछन् । प्रभावित क्षेत्रका नागरिकका लागि १० प्रतिशत सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । कुल जारी हुने ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख ५० हजार बराबरको आठ लाख दुई हजार ५०० कित्ता साधारण सेयर प्रभावित क्षेत्रका लागि निष्कासन गरिने महर्जनले जानकारी दिनुभयो ।