नेपाली साहित्यको क्षेत्रमा लक्ष्मी श्रेष्ठ अपरिचित नाम होइन । कविता, संस्मरण आदि विधामा कलम चलाउँदै आउनु भएकी उहाँको वि.सं. २०१७ मा ‘सुन्दरीजल’ र वि.सं. २०२० मा ‘तिम्रो सम्झनामा’ शीर्षकको कविता सङ्ग्रह प्रकाशित छन् । यसपछि वि.सं. २०२१ मा अर्को संस्मरणात्मक कृति ‘न्युयोर्क कोरोना डायरी’ को प्रकाशनपछि उहाँ वि.सं. २०७९ (सन् २०२२) मा आफ्नो चौथो तर पहिलो कथाकृति ‘खुला जेल’ मार्पmत नेपाली कथा साहित्यको क्षेत्रमा देखा पर्नुभएको छ । अत्यन्त व्यस्त जीवनबाट अलिकति समय निकालेर भए पनि नेपाली साहित्यको क्षेत्रमा केही गरौँ भन्ने हुटहुटीले प्रेरित भएर लाग्–छाड् लाग्–छाड् किसिमले नै भए पनि कलम चलाउँदै आउनु भएकी उहाँका केही गीत पनि युट्युबमा प्रसारित छन् ।
सबभन्दा पहिले गणतन्त्रको स्थापना वैशालीमा भएको थियो । संसारको प्रजातान्त्रिक व्यवस्थाका लागि बज्जि गणराज्य धेरै नाम चलेको थियो । केही मानिसका भनाइमा इक्ष्वाकु वंशका नौ जना राजाले शासन गरेको र तिनीहरूकै नाममा यसको नाम विशालपुरी वा विशालगढ अर्थात् वैशाली भनिएको हो ।
प्रविधिको व्यापकता र व्यस्त जीवनशैलीका कारण प्राकृतिक वातावरणबाट हामी टाढा हुँदै गएका छौँ । हाम्रा अधिकांश सहरी क्षेत्र पर्याप्त खुला ठाउँ, बगैँचा, रुख, सफा नदी र प्रकृतीमैत्री संरचनाविहीन घरैघरले भरिएका घना बस्ती बनेका छन्, कतै बन्दैछन् । त्यसैले हामी प्रकृतिबाट टाढा कृत्रिम वातावरणमा कैद बन्दै गएका छौँ । यसको सबभन्दा ठूलो असर हुर्किंदो पुस्तामा परिरहेको छ । हाम्रा बच्चा बढीभन्दा बढी समय मोबाइल, ल्यापटप र टीभीमा झुम्मिएर बस्न वा प्लास्टिकका खेलौनासँग खेल्न बाध्य छन् । यसले बालबालिकाको चौतर्फी विकास हुनलाई मात्र रोकेको छैन, बिस्तारै प्रकृितबाट पनि उनीहरूलाई बिमुख बनाउँदै लगेको छ ।
आन्तरिक र बाह्य पर्यटकको गन्तव्य घलेगाउँ लमजुङको सदरमुकाम बेँसीसहरबाट उत्तर–पश्चिम २७ किलोमिटरको दूरीमा पर्छ । यो ठाउँ लमजुङको क्होलासोथर गाउँपालिका–३ मा पर्छ । यहाँ घले र गुरुङ जातिको बाहुल्य रहेको छ । यहाँका मानिसले पाहुनालाई ईश्वरसमान व्यवहार गर्छन् । मिठो मुस्कानले स्वागत गर्छन् ।
फ्रान्सेली स्टार करिम बेन्जेमा चम्किएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा सानदार जित निकालको छ । शुक्रबार राति भएको खेलमा रियल म्याड्रिडले रियल भालाडोलिडलाई उसैको मैदानमा २–० गोलले हरायो । जितसँगै रियल लिगको शीर्षस्थानमा उक्लिएको छ ।
स्थानीय तहको निर्वाचनका बेलामा जनतासँग भोट माग्दा आफू निर्वाचित भएपछि निजी स्वार्थमा नलागेर विकास, सुशासन र जनताको सेवामा केन्द्रित हुने वाचा गरेका स्थानीय तहका जनप्रतिनिधि सुविधाभोगी बन्दै गएको पाइएको छ । जिल्लाको तामाकोसी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढ्ने गाडीको मर्मत खर्च बढ्दै गएको पाइएको हो । गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी चढ्ने गाडी मर्मतमा चार लाख पाँच हजार र उपाध्यक्ष सिर्जना सुवेदी चढ्ने गाडी मर्मतमा तीन लाख रुपियाँ खर्च भएको तामाकोसी गाउँपालिकाका सूचना अधिकारी पवनराज फुँयालले बताउनुभयो ।
दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणका लागि चितवनको लोथरदेखि सौराहासम्म पक्की पर्खाल (तटबन्ध) लगाउने कार्य रोकिएको छ । पूर्वी चितवनको लोथरदेखि सौराहासम्म राप्ती नदीको कटान र डुबानले मानव बस्ती जोखिम रहँदै आएको थियो । यो समस्यालाई समाधान गर्न पक्की पर्खाल लगाउने गरी अगाडि बढेको बहुवर्षे योजनाको काम रोकिएको हो ।
काभ्रेपलाञ्चोक जिल्लाको १३ वटा स्थानीय तहमध्ये डाँडापारि क्षेत्रका दुईवटा गाउँपालिका जोड्ने सडक व्यवस्थित र राम्रो नहुँदा दुई पालिकाका बासिन्दाले सधैँ सडकको दुःख झेल्न बाध्य हुँदै आएका छन् । महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका जोड्ने सडकमा बाह्रै महिना सवारी चल्ने अवस्था नहुँदा स्थानीयवासीले बर्खा र हिउँदमा नै सडकको दुःख बेहोर्न बाध्य भएका हुन् ।
भेरी नगरपालिकामा ११४ जना बालबालिका विद्यालयको पहुँचबाहिर रहेको पाइएको छ। नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाहले नगरपालिकामै बालबालिका विद्यालयबाहिर हुनु, बालविवाहमा वृद्धि हुनु, अभिभावक र सरोकारवाला निकाय गैरजिम्मेवार हुनुको परिणाम भएको बताउनुभयो।
लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रमा रोक्का रहेका जग्गालाई फुकुवाको तयारी गरिएको छ। आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा गम्भीर असर देखिन थालेपछि अहिले जग्गा फुकुवाको प्रक्रिया अघि बढाइएको छ। प्र्रदेश सरकार मातहतमा रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानी निर्माणका लागि गुरुयोजना बनाइसकेकाले त्यसलाई आधार मानेर प्रदेश राजधानी जग्गा एकीकरण आयोजना सञ्चालन गरेको छ। यही आयोजनाको परिधिभित्र रहेर जग्गाको कित्ताकाट र किनबेच खुलाउन उच्चस्तरीय निर्देशक समितिले सिफारिस अघि बढाएको छ। यो सिफारिस प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै मन्त्रिपरिषद् बैठकमा पेस हुनेछ। त्यसपछि मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताबाट र किनबेचलाई खुलाउन सक्नेछ। उच्चस्तरीय निर्देशक समितिका विज्ञ सदस्य पदमप्रसाद वैदिकले जग्गा फुकुवाका लागि
नेपालगञ्ज नाका मानव बेचबिखनको उच्च जोखिममा रहेकाले नेपाल र भारतबीच सो रोकथाम र नियन्त्रणका लागि विशेष अभियान चलाउनुपर्ने दुवै देशका सुरक्षा अधिकारीको ठहर छ। माइती नेपाल नेपालगञ्जले नेपालगञ्जमा आयोजना गरेको क्रस बोर्डर (सीमा वारपार) कार्यशालामा सहभागी दुवै देशका सुरक्षा अधिकारीले मानव बेचबिखन निकै बढेको जनाउँदै त्यसको रोकथाम र नियन्त्रण गर्न मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। सुरक्षा अधिकारीको प्रतिबद्धतामा जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले पनि सहयोग गर्ने जनाए।
व्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङको समस्या समाधान हुने भएको छ। वालिङ नगरपालिकाको मुख्य बजारस्थित शीतलनगरमा आधुनिक बसपार्कको निर्माणसँगै सवारी पार्किङको समस्या समाधान हुने भएको हो। स्मार्ट सिटीको अवधारणाबाट अगाडि बढिरहेको वालिङमा सवारीसाधन व्यवस्थित रूपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र अस्तव्यस्त हुँदै आएको थियो।
तराई मधेशका जिल्लामा दुई दिनदेखि घाम लागेको छैन। निरन्तर बाक्लो हुस्सु लागेर चिसो स्याँठ चलेकाले कठ्याङ्गिँरदो चिसो भइरहेको छ। अचानक कठ्याङ्ग्रिँदो चिसो हुँदा जनजीवन निकै कष्टकर बनेको छ। यहाँ बुधबारदेखि घाम लाग्न छाडेर थप चिसो बढेको हो। चिसोले मुसहर, डोम, चमारलगायत दलित र अति विपन्न परिवार बढी प्रभावित बनेका छन्। चिसो अत्यधिक हुँदा स्थानीय पालिका र अन्य सरोकारवाला निकायले प्रभावितलाई कुनै सहयोग गरेका छैनन्। न्यानो कपडा नभएकाहरू चिसोमा लगलग कामेर बसिरहेका देखिन्छ।
कोसी राजमार्गअन्तर्गत रानी–धरान खण्ड विराटनगर बजार क्षेत्रको सडक ‘तोड्दै जोड्दै’ गर्ने कार्य भइरहेको छ। व्यापारिक मार्गका रूपमा विस्तार भएको सडकको कालोपत्रे भासिएर डाँडापाखा भएपछि भत्काउँदै कालोपत्रे थप्दै गर्ने काम भइरहेको हो। छलेन परियोजना इटहरीका इन्जिनियर प्रियंका झाका अनुसार अहिले बरगाछीदेखि दक्षिण एसलाल पेट्र«ोल पम्पसम्म ठेकेदार कम्पनीले सडक मर्मतको काम गरिरहेको छ। ठेक्का सम्झौतामा उल्लेख भएको शर्तअनुसार हस्तान्तरणपछिको मर्मत गर्नुपर्ने म्यादको काम ठेकेदारले गरिरहेको हो।
नेपाली कथानक चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रबारबाट हलमा प्रदर्शन भएको छ। चलचित्रमा आर्यन सिग्देल र उपासना सिंह ठकुरी चलचित्रको मुख्य भूमिकामा देखिनुभएको छ।