कपिलवस्तुको बाणगंगा नगरपालिकाको दुई वडा सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको छ । लुम्बिनी प्रदेश पर्यटन, ग्रामीण तथा शहरी विकास राज्यमन्त्री रीना नेपालले पालिकाको वडा १ र ४ लाई सुरक्षित खानेपानी वडा घोषणा गर्नुभयो ।
हिमाली पर्यटनको मुख्य गन्तव्य सोलुखुम्बुको उच्च हिमाली क्षेत्र खुम्बुका व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न काठमाडौंलगायतका क्षेत्रमा जान थालेका छन् । पर्यटकीय सिजनमा व्यस्त हुने होटल पसल व्यवसायीहरु पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिएको स्थानीय दामु शेर्पाले बताउनुभयो ।
गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमू ल्होछार कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ टुँडिखेलमा पुग्नुभएको छ ।
सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ का दुई विद्यालयका १५६ जना विद्यार्थी तथा शिक्षकलाई ज्याकेट वितरण गरिएको छ । मध्ये चिसोको समयमा पद्मकन्य आधारभूत विद्यालय र सिद्धकाली आधारभूत विद्यालयका १४२ जना विद्यार्थी र १४ जना शिक्षकलाई एड फर नेपालले एक/एक थान ज्याकेट प्रदान गरेको हो ।
म्याग्दीको बेनी नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित संरचना हटाउन सुरु गरेको छ । शुक्रबार नगर प्रमुख सुरत केसीसहितको टोलीले बेनी नगरपालिका ८ कालिपुल बसपार्कस्थित अव्यवस्थित संरचनालाई डोजर लगाएर खाली गराएको हो ।
बुटवल र आसपासका क्षेत्रमा चिसो बढेपछि यस क्षेत्रका स्थानीयमा रुघाखोकी, निमोनियाको बिरामी बढेको छ । ज्यालादारी, मजदुरी गरेर गुजारा गर्ने विपन्न समुदायका मानिस चिसोबाट बढी प्रभावित भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ ।
पुस १५ गतेका दिन तरुल खन्न जाने, परम्परागत कोलमा उखु पेलेर तामाको भाँडामा सख्खर र खुदो पकाएर खाने चलन रहेको छ । उखुको सख्खर र खुदो पकाउने स्थानलाई यहाँ ‘खुदेउडा’ भन्ने गरिन्छ । खुदेउडामा पनि गाउँलेहरु जम्मा भएर आईना–बातै हाल्ने चलन रहेको छ ।
केही दिनयता चलेको शितलहर र हुस्सुले बाँकेमा अत्यधिक चिसो बढेपछि कर्मचारी मिलन केन्द्रले मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई ५० थान कम्बल वितरण गरेको छ ।
मधेश प्रदेश सभाको पहिलो अधिवेशन पुस १८ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले बिहीबार विज्ञप्तिमार्फत् सो अधिवेशनका लागि आह्वान गर्नुभएको हो ।
बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला बीच भलिबलमा नेपाल दोस्रो भएको छ । नेपाली टोली पुरुष र महिला दुवैमा उपविजेता बनेको हो ।
देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ ।
एट्लेटिको म्याड्रिडले स्पेनि ला लिगामा सहज जित निकालेको छ । कतार विश्वकप पछि बिहीबार राति देखि पुन: सुरु भएको लिगमा एट्लेटिकोले इल्चेलाई २–० गोलले हरायो । घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन जोआओ फेलिक्स र अल्भारो मोराटाले गोल गर्नुभयो ।
धानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार बिहानदेखि बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाले स्कूले बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । भरतपुर २८ वडामा रहेका १५ वटा आधारभूत विद्यालयहरुमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका झण्डै एक हजार जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।