• १२ असोज २०८१, शनिबार

विद्यार्थी तथा शिक्षकलाई ज्याकेट

blog

विद्यार्थी तथा शिक्षकलाई ज्याकेट वितरण । तस्बिर – सन्तोष राउत

सन्तोष राउत

सोलुखुम्बु, पुस १५ गते । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ का दुई विद्यालयका १५६ जना विद्यार्थी तथा शिक्षकलाई ज्याकेट वितरण गरिएको छ ।

मध्ये चिसोको समयमा पद्मकन्य आधारभूत विद्यालय र सिद्धकाली आधारभूत विद्यालयका १४२ जना विद्यार्थी र १४ जना शिक्षकलाई एड फर नेपालले एक/एक थान ज्याकेट प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष एवं टानका पुर्व अध्यक्ष चोलेन्द्रबहादुर कार्कीको पहलमा पद्मकन्यका ११२ जना र सिद्धकालीका ३० जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो । अध्यक्ष कार्कीले आफ्नो गाउँको विद्यालयमा सहयोग जुटाउन पाउँदा खुसी लागेको भन्दै आगामी दिनमा पनि विद्यार्थी आकर्षण गर्ने खालका सहयोग जुटाउने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष गौरव राई र प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादवले शिक्षा क्षेत्रमा विभिन्न किसिमका सहयोगले शिक्षक तथा विद्यार्थी उत्साही हुने बताउनुभयो । बढ्दो चिसोको समयमा न्यानो कपडा प्राप्त भएपछि विद्यार्थी तथा शिक्षकहरु खुसी भएका छन् ।