नेपाल र भारतबीचको ऊर्जा क्षेत्र सहकार्य विस्तार गर्न १२औँ चरणको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति बैठकको तयारी सुरु भएको छ । बैठकका सम्भावित विषयवस्तु र ती पक्षको प्राविधिक अवस्थाबारे आपसी परामर्श गर्न नेपाल–भारत संयुक्त प्राविधिक समितिको बैठक मङ्गलबार भारतको नयाँ दिल्लीमा सम्पन्न भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका स्वास्थ्यकर्मीलाई फिर्ता नगर्न आग्रह गरेको छ । स्थानीय निकायले तलब खुवाउन नसकिने भन्दै स्वास्थ्यकर्मीलाई फिर्ता पठाएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई फिर्ता नगर्न आग्रह गरेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीको एक सय वर्षीय आमा हिरावेनको बिहीबार राती निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधवार अहमदवादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।
औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्ध बुस्टर डोजका लागि फाइजरको वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । अब नेपालमा फाइजरको नयाँ खोप ल्याउन सहज भएको छ । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले औषधि सल्लाहकार समितिको ५४औँ बैठकले वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहयोग मागेको छ। महानगरले दुवै मन्त्रालयलाई पत्राचार गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वयका लागि अनुरोधसमेत गरेको हो। महानगरको पत्रमा उल्लेख छ, ‘‘थापाथलीको संरचना हटाई सौन्दर्यीकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेकाले आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध छ।’’
राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । गुरुङ समुदायको चाड तमु ल्होसारका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले भन्नुभएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ ।”
उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा तमु दिदीबहिनी तथा दाजुभाइ एवं समस्त नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं राष्ट्रको निरन्तर उन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ । तमु र दुरा समुदायले मनाउँदै आएको ल्होसार पर्वको अवसरमा शुभकामना दिनुहुँदै उहाँले भन्नुभएको छ, “तमु र दुरा समुदायमा मनाउने ल्होसार पर्व नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा स्थापित छ ।”
विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ को व्यवस्थाविपरीत व्यक्तिगत सुरक्षामा खटिएका २२१ जना सुरक्षाकर्मी बिहीबार फिर्ता भएका छन्। गृह मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै कार्यविधिविपरीत अति विशिष्ट तथा विशिष्ट व्यक्तिलगायत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो। कार्यविधिविपरीत गृह मन्त्रालयमा खटिएका ६३ जना सुरक्षाकर्मी बुधबार फिर्ता भएका थिए। नेपाल प्रहरीबाट अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षामा आवश्यकभन्दा बढी खटिएका ६६ जना, गृह मन्त्रालय मातहतका निकायमा खटिएका ३१ जना तथा पूर्वप्रहरी अधिकारीको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीलाई बिहीबार फिर्ता गरिएको हो।
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणालीमा दर्ता नभएका मोबाइल शुक्रबारदेखि चल्ने छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउन लागेको एमडीएमएस प्रणालीमा दर्ता नभएका त्यस्ता मोबाइललाई अवैध घोषणा गरेर मोबाइल नेटवर्क प्रयोग गर्न नमिल्ने बनाउन लागिएको हो ।
धनकुटाको पहाडी छथरजोरपाटी गाउँपालिकामा पछिल्लो तीन वर्षमा ३६ घरपरिवार बसाइँ सरेर आएको तथ्याङ्क छ। तथ्याङ्कगत रूपमा यो सङ्ख्या कम भए पनि पहाडी क्षेत्रबाट बसाइँ सर्नेको लर्को बढिरहेको बेला छथरजोरपाटी गाउँपालिकाले भने बसाइँ सरेर आउनेलाई आकर्षित गर्न सफल भएको देखिन्छ। सहरी सुविधा र कामको खोजीमा पहाडबाट अन्यत्र बसाइँ सरी जाने क्रम बढ्दो छ। जसले गर्दा पहाडका उर्बर भूमि बाँझिने क्रमसमेत उत्तिकै बढेको छ। यस्तोमा धनकुटाको छथरजोरपाटी गाउँपालिकाले बसाइँसराइ कम गर्न तथा बसाइँ सरेर आउने परिवारलाई आकर्षित गर्न सफल भएको हो। यसको उपाय बन्यो, बसाइँ सरेर आउनेलाई दुहुनो गाई उपहार कार्यक्रम। गाउँपालिकाले दुहुनो गाई उपहार अभियान चलाएकोले पहाडी क्षेत्र मात्रै होइन, झापाबाट बसाइँ सर्नेलाई पनि आकर्षित गर्न
ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो ।
काठमाडौं, पुस १४ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थोम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा दुई देशबीचको द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ। सो अवसरमा अमेरिकी राजदूतले प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा दाहाललाई बधाई दिनुभएको थियो। द्विपक्षीय सम्बन्धका बारेमा सो अवसरमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रासस
नेपाल भ्रमणमा रहेको स्पेनिस क्लब कासेरेन्यो सिपीले मैत्रीपूर्ण खेलमा काठमाडौं-११ टिमलाई हराएको छ । दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा कासेरेन्यो सिपीले काठमाडौं-११लाई २-१ गोलले हराएको हो ।
नेपालमा हालै गठन भएको सरकारसँग मिलेर काम गर्न तयार रहेको भारत सरकारले स्पष्ट पारेको छ ।