• २० असोज २०८१, आइतबार

स्वास्थ्यकर्मी फिर्ता नगर्न आग्रह

blog

काठमाडौँ, पुस १५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका स्वास्थ्यकर्मीलाई फिर्ता नगर्न आग्रह गरेको छ । स्थानीय निकायले तलब खुवाउन नसकिने भन्दै स्वास्थ्यकर्मीलाई फिर्ता पठाएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीलाई फिर्ता नगर्न आग्रह गरेको हो । 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सङ्घीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारी खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तीय बजेट हस्तान्तरणमार्फत प्रदान गरिने बताउनुभयो । उहाँले जुन स्थानीय निकायमा स्वास्थ्यकर्मी रहेका छन्, त्यहीँ काम गर्न दिनका लागि ७५३ वटै स्थानीय तहलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो ।