• २० असोज २०८१, आइतबार

‘वाई भ्यालेन्ट’ खोपलाई अनुमति

blog

काठमाडौँ, पुस १५ गते । औषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्ध बुस्टर डोजका लागि फाइजरको वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । 

अब नेपालमा फाइजरको नयाँ खोप ल्याउन सहज भएको छ । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले औषधि सल्लाहकार समितिको ५४औँ बैठकले वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको जानकारी दिनुभयो । 

नेपालमा फाइजरको नयाँ खोप आउने भएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाले आपत्कालीन प्रयोगका लागि औषधि सल्लाहकार समितिसँग अनुमति मागेको थियो । विश्व स्वास्थ्य सङ्गठनले फाइजरको वाई भ्यालेन्ट खोपलाई आपत्कालीन प्रयोगको सूचीमा राखेको छ । हाल उक्त खोप विश्वका ३२ देशमा बुस्टरका रूपमा प्रयोग भइसकेको छ । 

राष्ट्रिय खोप सल्लाहकार समितिले समेत सिफारिस गरेको खोपलाई औषधि सल्लाहकार समितिले बुस्टर डोज प्रयोगका लागि अनुमति दिएको हो, केसीले थप्नुभयो, “अब उक्त खोप नेपालमा ल्याएर प्रयोग गर्न सकिन्छ ।”