• २० असोज २०८१, आइतबार

सुर्खेत प्रहरी प्रमुखमा थापा

blog

नवीन सुवेदी

सुर्खेत, पुस १७ गते । जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) को जिम्मेवारीमा योगेन्द्रसिंह थापा आउनुभएको छ । यसअघि सुर्खेत प्रहरी प्रमुख रहेका एसपी पदम विष्टको सरुवा भएपछि राजमार्ग सुरक्षा कार्यालय रुपन्देहीमा कार्यरत थापा प्रहरी प्रमुख बनेर सुर्खेत आउनुभएको हो । 

आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आयोजित पत्रकार परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख थापाले सुर्खेतको समग्र शान्तिसुरक्षामा आम नागरिकले अनुभव गर्नेगरी सेवा प्रवाहमा लाग्ने बताउनुभयो । पछिल्लो समय प्रदेश राजधानी रहेको सुर्खेत सुरक्षा दृष्टिकोणले अति संवेदनशील रहेकाले अपराधजन्य गतिविधि रोकथाममा विशेष सुरक्षा योजना लागु गरिने थापाको भनाइ छ ।

लागुऔषध ओसारपसार, चोरी निकासी, झैझगडा, घरेलु हिंसा, सामाजिक अपराध, कालोबजारी, सडक दुर्घटना तथा प्रहरी नै अापराधिक घटनामा संलग्न हुनेजस्ता घटनामा वृद्धि हुँदैगएको विषयमा पत्रकारले राखेको जिज्ञासामा एसपी थापाले आफूलाई राज्यले दिएको अधिकारको पूर्ण अधीनमा रही शान्ति सुरक्षा प्रत्याभूतिका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।