बिहीबार सुनको मूल्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला सात सय रुपियाँले घटेको हो ।
भारत पश्चिम बङ्गालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ ।
कीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहनुभएका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र (एमएसएसइडी) को अनलाइन कक्षा लिइरहनु भएको छ ।
पछिल्लो समय सहरदेखि गाउँसम्म शौचालय सफाइ गर्ने आधुनिक मेसिन प्रयोगमा आएपछि डोम जातिको पेसा सङ्कटमा परेको छ । डोमहरू परम्परागत रूपमै सरसफाइ सम्बन्धी काम गर्ने गर्छन् ।
खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष नौ महिनासम्म अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा ताला लगाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार र प्रहरी प्रशासनले रवि लामिछानेप्रति व्यक्तिगत पूर्वाग्रह साँधेको आरोप लगाएको छ। बिहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरी रास्वपा नेताहरूले यस्तो आरोप लगाएका हुन् ।
ओखलढुङ्गामा गर्भपतन गरेर सडकमा भ्रूण फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई महिनाको भ्रुण गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ वर्षीय पुरुष र ३३ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
जग्गाको कारोबार बढेसँगै मालपोत कार्यालयमा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सुधारिएको अन्तर्राष्ट्रिय वित्तीय संरचनाका लागि आग्रह गर्नुभएको छ ।
बिहीबार बिहान जुम्लाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका– ८ हुर्केमा दुर्घटना भएको हो ।
जिल्ला समन्वय समिति ताप्लेजुङले आफ्नो जिम्मेवारीप्रति सक्रिय तथा समाजका लागि विशिष्ट योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथिका रुपमा नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ दिवस २०२४ मनाएको छ । बिहीबार काठमाडौँस्थित जङ्गी अड्डामा विशेष समारोह गरी राष्ट्रसंघ दिवस मनाएको हो ।
विश्व जलवायु सम्मेलन कोप—२९ को पूर्व सन्ध्यामा जलवायु वित्तको नयाँ लक्ष्यको लागि मस्यौदा (एनसिक्युजी) सार्वजनिक भएको छ ।
पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालत ल्याइएको छ ।