दाङको लमही नगरपालिका–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर ज्यान गएको छ।
सरकारले सिंहदरबार वैद्यखानाबाट ४० किसिमका औषधीको उत्पादनको तयारी गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी वर्षभित्र सबै समस्याग्रस्त सहकारीको समस्या समाधान गर्ने बताउनुभएको छ ।
ताप्लेजुङका स्थानीय तहअन्तर्गत रहेका न्यायिक समितिका पदाधिकारी सङ्गठित भएका छन्। जिल्लास्तरीय न्यायिक समिति सञ्जाल गठन गर्दै स्थानीय समितिका पदाधिकारीहरु सङ्गठित भएका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी सडकखण्डमा सवारी दुर्घटनामा घाइते भएका बस चालकको मृत्यु भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले लिएका नीति कार्यक्रम बजेटमार्फत अभिव्यक्त हुने भएकाले यो वर्ष बजेट कार्यान्वयनलाई प्रभावकारी बनाइने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनभित्र गरेका कामहरू सार्वजनिक गर्नुभएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीले सय
लोपोन्मुख अवस्थामा रहेको जङ्गली सिमलको रुख कटान गरिरहेको अवस्थामा वन कर्मचारीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
भारतको पूर्वी तटमा कम्तीमा दश लाखभन्दा बढी मानिसहरू सुरक्षित आश्रयस्थल तर्फ भागिरहेको मन्त्रीहरूले बिहीबार बताएका छन् ।
जिल्ला र बाजुरा जिल्लाको सीमा क्षेत्र भुका खोलामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । कर्णाली कोरिडोरको खुलालु–हिल्सा सडक खण्ड अन्तर्गत बाजुरा जिल्लाको भुका खोलामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ ।
नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहनजस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेको छ । उचित संरक्षणका लागि यहाँको भीरकोट नगरपालिका –७ मा फरक शैलीको सङग्रहालय सञ्चालन गरिएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतको नयाँ भवन उद्घाटन गरिएको छ । महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक विनोदप्रकाश सिंहले नवनिर्मित भवनको उद्घाटन गर्दै अब कर्मचारीले उच्च मनोबलका साथ सेवा प्रवाह छिटोछरितो सम्पादन गर्ने बताउनुभएको हो ।