बङ्गालको खाडीमा उत्पन्न दाना चक्रवातको असर नेपालमा आंशिक रूपमा मात्र परेको छ ।
सर्वोच्च अदालतले द्वन्द्वकालीन घटनाका सबै पक्षलाई समुचित परिपूरणको प्रबन्ध गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
पोखराको सूर्यदर्शन सहकारीमा भएको ठगीबारे अनुसन्धान जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गरेको आन्दोलनका कारण सहकारीपीडितहरू त्रसित बनेका छन् ।
गुल्मीमा राष्ट्रियस्तरको स्क्राबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने भएको छ । तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको आयोजनामा पहिलो पटक यस जिल्लामा राष्ट्रिय स्तरको स्क्राबल प्रतियोगिताको आयोजना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषामा बिहीबार राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भीड ।
कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा आज दुई उपाधि जित्नुभएको छ । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिङ्गल्समा गरी दुई उपाधि जित्नुभएको हो ।
नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भइरहेका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
तनहुँमा वेपत्ता भएका एक बालक डेढ महिनासम्म पनि फेला परेका छैनन् । व्यास नगरपालिका–३ देउरालीनगर निवासी श्रीराम थापा र अमृता थापाका १५ वर्षका छोरा रोनाल थापा फेला नपरेका हुन् ।
प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राज्य संयन्त्रलाई बलियो बनाउनेगरी प्रदेश सरकारले भूमिका बढाएको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) ले रासससँग सम्बन्धित ऐतिहासिक महत्वका चार थान तस्बिर त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागलाई हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि नेपाल बीमा प्राधिकरणले आज एक करोड रुपियाँ हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज एक सन्देश जारी गर्दै लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियानलाई हप्ताको एक पटक सञ्चालन गर्न आह्वान गर्नुभएको हो ।
दाङको घोराही उपमहानगरपालिका–१३ मङ्गलेरीमा व्यावसायिक रुपमा गरिएको सयपत्री फूल खेती ।
श्रीलङ्काली प्रहरीले मुलुकमा भ्रमण गर्ने इजरायली पर्यटकहरुमाथि सम्भावित आक्रमणको अमेरिकी गुप्तचर चेतावनीपछि तीन जनालाई पक्राउ गरेको छ ।
सहकारीको बचत अपचलनमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई संगठित अपराधमा पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ ।