यहाँको शीतगङ्गा नगरपालिकाले प्लास्टिकका माला बिक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको असरबाट नेपाल पीडित भएको उल्लेख गर्दै त्यसको प्रभाव कम गर्न अन्तर्राष्ट्रिय सहायताको अपेक्षा नेपालले गरेको बताउनुभयो ।
सिन्धुलीको कुनै पनि स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउन सकिरहेका छैनन् ।जिल्लाका स्थानीय तहले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को ठेक्का लगाउन पटक पटक बोलपत्र आह्वानको सूचना प्रकाशित गर्दा पनि ठेक्का नलागेको हो । दहत्तर बहत्तरको दर रेट नमिल्दा जिल्लाका नौवटै स्थानीय तहमा नदीजन्य पदार्थको ठेक्का लाग्न नसकेको स्थानीय तहले जनाएका छन् ।
पश्चिम सुर्खेतको चौकुनेमा पर्यटन प्रवर्धनका लागि बृहत् ताल निर्माण गर्न लागिएको छ ।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिकाले विविध शीर्षकमा ३० लाख खर्च गरेको पाइएको छ ।
बाजुरामा दसैँ सकिएसँगै यहाँका अधिकांश गाउँबस्ती पनि खाली हुन थालेका छन् ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभन्ज्याङ जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत निर्माण भइरहेका १० वटा नमुना सहरमध्ये बैतडीको पाटनमा ३८ करोड रुपियाँ खर्च गरेर १३ वटा संरचना निर्माण भएका छन् ।
सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगर नाखा टोलबाट डिभिजन वन कार्यालय सर्लाहीको टोलीले बरामद गरेको हरिणको मासु, भरुवा बन्दुक र खुकुरी ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १ स्थित हटियामा छठ पर्वमा आवश्यक पर्ने बाँसका भाँडाकुँडा छिट्टी, ढकिया, मौनी, पौती, छितनी र कोनियालगायतका सामाग्री किनमेल गर्दै स्थानीय ।
सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सरकार गठनका लागि तालमेल गरिनुलाई संसदीय इतिहासमै नवीन अभ्यास मानिएको छ ।
अबको दुई सातापछि अर्थात् नोभेम्बर ११ देखि एक अन्तरमहाद्विपीय राष्ट्र अजरबैजानमा विश्वका दुई सयभन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुखहरूको महाभेला सुरु हुँदै छ ।
मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक खैनी, चुरोट, गुट्खा जस्ता सुर्तीजन्य पदार्थको सेवन नसर्ने रोगको प्रमुख कारण बनेको छ ।
नेपाली समाज र संस्कृति कतातिर गइरहेको छ भन्ने आवाज उठ्न थालेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभयो ।