• २५ पुस २०८१, बिहिबार

डेढ महिनादेखि बालक बेपत्ता

blog

वेपत्ता भएका बालकको फोटो देखाउँदै बालकको हजुरआमा, बुबा र आमा ।

अमरराज नहर्की

तनहुँ, कात्तिक ८ गते । तनहुँमा वेपत्ता भएका एक बालक डेढ महिनासम्म पनि फेला परेका छैनन् । व्यास नगरपालिका–३ देउरालीनगर निवासी श्रीराम थापा र अमृता थापाका १५ वर्षका छोरा रोनाल थापा फेला नपरेका हुन् । 

विद्यालय गएको बेला उनका दुई साथीहरुले फकाएर लगेर मादी नदीमा पौडी खेल्न गएका थिए । साथीको घडी लगाएका कारण बिबाद हुँदा धकेलेर बालकलाई नदीमा खसाएको आरोप परिवारका सदस्यको भनाइ छ ।

कन्काई आवासीय विद्यालयमा कक्षा १० मा पढ्ने बालक भदौ २४ गते विद्यालय जाने क्रममा बेपत्ता भएका थिए । दुई बालकले नदीमा धकेलेको कारण बालकको ज्यान गएको परिवारजनले उजुरी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी अशोक थापाले जानकारी दिनुभयो । 

१४ दिन हिरासतमा राखि अनुसन्धान गरिएको र परिवारको हाजिरीजबानीमा दुवै बालकलाई छाडिएको उहाँले बताउनुभयो । मादी नदीमा खोज्दै  नवलपुरको त्रिवेणीधामसम्म पुग्दा पनि फेला पार्न नसकिएको हजुरआमा थापाले बताउनुभयो । थापाले भन्नुभयो, ‘श्वास फेला परेन अनि लाश पनि फेला परेन । छिटो अनुसन्धान गरी दोषीलाई कारबाही गरियोस् ।’