• ९ मंसिर २०८१, आइतबार

दाना चक्रवातको आंशिक असर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ९ गते । बङ्गालको खाडीमा उत्पन्न दाना चक्रवातको असर नेपालमा आंशिक रूपमा मात्र परेको छ । दाना चक्रवातले बिहीबार उच्च रूप लिँदै भारतको पश्चिम बङ्गाल र ओडिसाबिचको क्षेत्रमा अवतरण भएकाले पनि यसको प्रभाव त्यस आसपासमा मात्र सीमित रहन पुगेको हो । जनजीवनमा पर्ने असर कम गर्न ती क्षेत्रमा रेलवे यातायातसमेत ठप्प पारिएको छ । नेपालमा उक्त चक्रवातका कारण बिहीबार र शुक्रबार कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदलीको अवस्था रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।