दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० गोलले हरायो । पहिलो हाफमा ६ गोल गरेको भुटानले दोस्रो हाफमा सात गोल थपेको थियो ।
जुलाई–अगस्ट विद्रोहको नेतृत्व गर्ने विद्यार्थी समूहको मागपछि पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगको निकट विद्यार्थी सङ्गठन ‘बङ्गलादेश छात्र लिग’लाई बङ्गलादेशको अन्तरिम सरकारले बुधबार प्रतिबन्ध लगाएको छ ।
सिन्धुलीका स्थानीय तहले ढुङ्गा, गिटी र बालुवाको ठेक्का लगाउन सकेका छैनन् । जिल्लाका स्थानीय तहले ढुङ्गा, गिटी र बालुवाको ठेक्का लगाउन पटक-पटक सूचना (टेन्डर) प्रकाशित गर्दा पनि ठेक्का नलागेको हो ।
वनकर्मीको टोलीले सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगर नाखा टोलबाट बिहीबार भरुवा बन्दुक र हरिणको मासु बरामद गरेको छ ।
वर्षभरि विभिन्न दुःख, पीडा र आर्थिक समस्यासँग जुध्दै आएको कुरा सुनाउँदै हिँड्ने जलेश्वर नगरपालिका–१ का रामजी डोम अहिले आफ्नै घर अगाडि मुसुमुसु हाँस्दै हातमा बाँस र बेंतका भाँडाकुंँडा बनाउँदै गरेको भेटिन्छन् ।
यहाँको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित नाकाबाट स्थानीयवासी दैनिक सयौँको सङ्ख्यामा भारतीय बजार जान्छन् ।
गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालय भक्तपुर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निर्णयको पर्खाइमा बसेको छ ।
पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई अनुसन्धानका लागि सात दिन म्याद थप भएको छ ।
पछिल्लो एक सातादेखिका निरन्तर प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ । सूर्यदर्शन सहकारीकापीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताको प्रदर्शनले ठाउँ–ठाउँमा सडक अवरुद्ध र ट्राफिक जाम हुने गरेका छन् ।
तेस्रो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजनाको सहयोगार्थ धनकुटाको हिलेमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पोलियो उन्मूलन गर्ने विश्वव्यापी अभियानमा संलग्न हुन अनुरोध गर्नुभएको छ । विश्व पोलियो दिवसको अवसरमा मन्त्री पौडेलले भिडियो सूचना जारी गर्दै यस्तो अनुरोध गर्नुभएको हो ।
सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतरामा विदेशी नागरिकसँग बालविवाह गराउने बेहुलीका बाबुसहित ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
नेपालीको दोस्रो महान् चाड तथा उज्यालो पर्व तिहार सुरु हुन एक साता बाँकी छ । कावासोतीका हरिकृष्ण प्रजापतिलाई माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ ।
एएफसी यु–१७ एसियन कप छनोटमा नेपालले जानपानसँग फराकिलो हार खेपेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उपलब्ध स्वास्थ्य जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।