• १० कात्तिक २०८१, शनिबार

यु–१७ एसियन कप छनोट

जापानसँग नेपालको फराकिलो हार

blog

नेपाली यु–१७ टोली । फाइल तस्बिर

काठमाडौँ, कात्तिक ८ गते । एएफसी यु–१७ एसियन कप छनोटमा नेपालले जानपानसँग फराकिलो हार खेपेको छ । 

कतारको दोहामा बुधबार राति भएको खेलमा नेपाल जापानसँग ९–२ गोलले पराजित भयो । समूह ‘एफ’ को पहिलो खेलमा नेपालले सुरुवातमा अग्रता लिएपनि अन्तमा जापानसँग लज्जासपद हार खेपेको थियो । 

जापानको जितमा दाइची टानी चार र असदाले तीन गोल गर्नुभयो । कसाई र चानानले एक एक गोल गर्नुभयो । नेपालका लागि सबिनकुमार मगरले १२औँ मिनेटमा सुरुवाती गोल गर्नुभएको थियो ।  विपिन खड्काले ८८औँ मिनेटमा अर्को गोल फर्काउनुभयो । 

यही समूहको अर्को खेलमा आयोजक कतारले मङ्गोलियालाई २–० गोलले हरायो । नेपालले समूहको दोस्रो खेल अक्टोबर २५ मा आयोजक कतारसँग र अन्तिम खेल अक्टोबर २७ मा मङ्गोलियासँग खेल्नेछ ।