• १० कात्तिक २०८१, शनिबार

राष्ट्रिय ब्याडमिन्टन गर्न सांस्कृतिक कार्यक्रम

blog

कबिराज घिमिरे 

हिले, कात्तिक ८ गते । तेस्रो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता आयोजनाको सहयोगार्थ धनकुटाको हिलेमा बृहत् सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

हिले ब्याडमिन्टन क्लबले तीन महिला पछि सञ्चालन गर्न लागेको ब्याडमिन्टन प्रतियोगिताका लागि बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो । बिहीबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरी १४ गते सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको हो । 

तेस्रो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको लागि करिब २० लाख रुपियाँ खर्च हुने अनुमान रहेको र त्यसका लागि सांस्कृतिक कार्यक्रमसँगै अन्य सहयोग सङ्कलनको काम भइरहेको क्लबले जनाएको छ । वि.स. २०७३ साल फागुन ३ गते स्थापना भएको हिले ब्याडमिन्टन क्लब विभिन्न सामाजिक कामहरू गर्दै आएको छ । 

क्लबले हिलेमा कर्बड हल निर्माण, हरेक वर्ष रक्तदान, स्वास्थ्य शिविर, हिलेमा सडक बत्ती र सिसी क्यामेरा जडान लगायतका का गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।