• १० कात्तिक २०८१, शनिबार

सवारी दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

blog

नवीन सुवेदी

सुर्खेत, कात्तिक ८ गते । सुर्खेतमा गाडी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान जुम्लाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका– ८ हुर्केमा दुर्घटना भएको हो ।  दुर्घटनामा गम्भीर घाइते भएका दैलेखको ठाटिकाध– ४ घर भई वीरेन्द्रनगर नगरपालिका– १ बस्ने ३५ वर्षका दीपक शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते शाहीलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याएकाे थियो । अस्पतालल भने पुग्नासाथ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो । 

पाँच जना घाइते अवस्था सामान्य रहेको र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ । सुर्खेत प्रहरीका अनुसार गाडीमा बच्चासहित २९ जना सवार थिए ।