• १० कात्तिक २०८१, शनिबार

घट्यो सुनचाँदीको मूल्य

blog

काठमाडौँ, कात्तिक ८ गते । बिहीबार सुनको मूल्य घटेको छ । लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज प्रतितोला सात सय रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपियाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपियाँमा कारोबार भएको थियो । बुधबारको उक्त मूल्य हालसम्मकै उच्च हो ।

यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला दुई हजार एक सय ३५ रूपियाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला दुई हजार ९५ रूपियाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपियाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २७ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।