सप्तरीको १८ वटा स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा सुरुङ्गा नगरपालिका प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको स्थानीय सरकारको कार्य सम्पादन मूल्याङ्कनको नतिजामा सुरुङ्गा प्रथम भएको हो ।
प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङको भ्रमणमा आउनुहुने भएको छ । पूर्वी क्षेत्रको हिमाली जिल्लाहरुको भ्रमण सुरु गर्नुभएका प्रधानमन्त्री कार्कीले शुक्रबार ताप्लेजुङको भ्रमण गर्नुहुने भएको हो ।
भ्रष्टाचार मुलुकको सबैभन्दा ठुलो चुनौती बनेको छ । केन्द्रदेखि वडा कार्यालयसम्म भ्रष्टाचारको सञ्जालले स्वाभिमान र नैतिक धरातललाई नै ओझेलमा पारेको छ । भ्रष्टाचार गर्ने र भ्रष्टाचार गराउने दुवै राष्ट्रका शत्रु हुन् । यिनलाई राज्यले कडा कारबाही गर्न नसक्नु विडम्बना हो । समाजमा ठुला भ्रष्टाचारीकै मान, सान र रजगज छ । समाजले उनीहरूलाई बहिष्कार गर्न नसक्दा भ्रष्टाचारी प्रवृत्तिले मुलुक खोक्रो बनेको छ । एकल प्रयासले भ्रष्टाचार नियन्त्रण सम्भव छैन । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभएर राज्यका
नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासका हरेक मोडको निर्णायक शक्ति हो । मुलुकमा नागरिक अधिकार, राजनीतिक चेतनाको विद्रोहदेखि लोकतान्त्रिक बहुदलीय व्यवस्था, जनआन्दोलन, शान्ति सम्झौता र संविधान निर्माणको नेतृत्वकर्ता हो कांग्रेस । भदौ २३ र २४ गतेको जेनजी विद्रोह स्वाभाविक तर अकल्पनीय थियो । विद्रोहको बीजारोपण हुनुको विभिन्न कारणमध्ये एक
गुल्मीमा नयाँ पुरानाबिच चुनावी सरगर्मी बढ्दै गएको छ । एमालेको केन्द्रीय उपाध्यक्ष गोकर्ण बिष्ट गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नु भएको छ ।
विश्व अर्थतन्त्र अस्थिरताको चक्रमा घुमिरहँदा फेरि एक पटक विश्वव्यापी लगानीकर्ताको रोजाइमा सुन परेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइ नजिक पुगिरहँदा नेपालमा पनि दैनिक नयाँ भाउको कीर्तिमान बनाइरहेको छ, जसले आमसर्वसाधारणदेखि व्यापारी र साना ठुला लगानीकर्तासम्मलाई आकर्षित गरेको छ । ‘सुनमा लगानी’
आज विश्व रेडियो दिवस । यसै सन्दर्भमा रेडियो क्षेत्रमा काम गर्नेहरूबिच यो साता विभिन्न छलफलका कार्यक्रम भइरहेका छन्, रेडियोकर्मीले आफ्ना दुःख सुखका विषय उठाइरहेका छन् । स्थानीय रेडियोले पछिल्लो समय नयाँ सञ्चार र प्रविधिको विकाससँगै अन्य सञ्चार माध्यमसँग प्रतिस्पर्धामा जानुपर्ने अवस्था छ । सामाजिक सञ्जाल र नयाँ मिडियाको विकाससँगै पहिलेको भन्दा रेडियोका
मोबाइल, इन्टरनेट, भिडियो गेम र आधुनिक खेलकुदको आकर्षणसँगै थारू समुदायको परम्परागत खेलहरू हराउँदै गएका छन् । मौसम अनुसार थारू समुदायको आफ्नै विशिष्ट पहिचानका खेलहरू रहेका छन् ।
लमजुङ सदरमुकाममा रहेको बेँसीशहर नगरपालिकाले कार्य सम्पादनमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनमा बेँसीशहर नगरपालिका उत्कृष्ट बन्न सफल भएको हो ।
यतिबेला मुलुक अन्योललाई चिर्दै निर्वाचनमा होमिइसकेको छ । उम्मेदवारीका सन्दर्भमा यसअघिका निर्वाचनभन्दा यस पटकको निर्वाचनमा केही फरक परिदृश्य देखिएका छन् । प्रायः पुराना तथा मूलधार मानिएका दलमा लामो समयसम्म राजनीति गरेका व्यक्ति चुनावी प्रतिस्पर्धामा उम्मेदवार हुने प्रचलन तोडिएको छ । यस पटक राजनीतिक अनुभव खासै नभएका राजनीतिबाहेक अन्य
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा १८ लाख बढी भेटी सङ्कलन भएको छ । माघ महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।
१०० वर्ष अघिको गोर्खापत्र
क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमालेको मुहारचित्र कार्यशाला प्रतियोगितामा पहिलो पुरस्कार साहिल महर्जन, दोस्रो श्रीनु महर्जन र तेस्रो पुरस्कार कौशलसिंह केसीले पाउनुभएको छ । योङ पिकासोद्वारा बिहीबार पाटन दरबार सङ्ग्रहालयमा आयोजित तेस्रो राष्ट्रिय चित्रकला प्रतियोगितामा कलाकार कुमालेको मुहारचित्र बनाएर साहिल, श्रीनु र कौशलले क्रमशः २५ हजार, आठ हजार र पाँच हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको हो ।
नेपालगन्जमा आयोजना गरिएको पब्लिक स्पिच बाँके सिजन–४, कोहलपुरस्थित लक्ष्मी माविकी विद्यार्थी आशिका केसीले जित्नुभएको छ । वास नेपालको आयोजनामा सम्पन्न भएको पब्लिक स्पिच प्रतियोगिताको फाइनल राउन्डमा आशिकाले अन्तिम १० प्रतिस्पर्धीलाई पछाडि पार्नुभएको हो । कृष्ण मावि कोहलपुरकी श्रृष्टि बुढामगर र तेस्रो स्थान ज्ञानोदय नमुना मावि खजुराकी मनीषा उपाध्यायले हासिल गर्नुभयो ।
साहित्यकार तारा खत्री रोकायाको दोस्रो कृति प्रकाशित भएको छ । एक वर्षको अवधिमा उहाँको यो कृति प्रकाशित भएको हो । आफूले एक वर्षयता लेखिएका कविताको सङ्ग्रहका रूपमा ‘जितको उज्यालो’ दोस्रो साहित्यिक कृतिका रूपमा प्रकाशन गर्न सफल भएको साहित्यकार खत्रीले बताउनुभयो । उक्त कवितासङ्ग्रहमा दुई सय कविता रहेका छन् ।