बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड तिन लाख १० हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ।
बर्दिया जिल्लामा रहेका ६ नगरपालिका र २ गाउँपालिका गरी आठ वटा स्थानीय तहहरुले आर्थिक वर्ष २०८२-०८३ का लागी ७ अर्ब ३७ करोड ५२ लाख ४७ हजार ३७९ रुपियाँको बजेट सहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
चन्द्र पन्दाकताप्लेजुङ, असार १० गते। ताप्लेजुङमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३४ वर्षीय पुरुष पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार बालिकालाई जबरजस्ती गरेको जाहेरीका आधारमा आरोपित पुरुषलाई पक्राउ गरिएको हो। प्रहरी कार्यालयमा परेको जाहेरीअनुसार ती पुरुषले गएको आइतबार राति डरत्रास र धम्की दिनुका साथै विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोप छ।जबरजस्ती करणीसम्बन्धी जाहेरीपछि खोजतलास गर्ने क्रममा पक्राउ परेका पुरुषमाथि ताप्लेजुङ जिल्ला अदालतबाट सातको म्याद लिएर विस्तृत अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको आधार स्तम्भको रुपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइएको बताउनुभएको छ ।
मलेसियाको कोजल टुन्कु जाफर ओभलमा मङ्गलबार भएको खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो। यसअघि नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो।
धनुषाका ६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि निर्धारित समयमा नीति, कार्यक्रम तथा बजेट ल्याउन सकेका छैनन् ।
नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणको छानबिन गर्न बनाइएको समितिले गम्भीर ढङ्गले काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्याउन पहल गर्ने बताउनुभएको छ ।
म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ७१ करोड ८० लाख २७ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा रहँदा यो वर्षायाममा यात्रुले सास्ती खेप्नु परेको छ ।
इलाम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब १४ करोड ३४ लाख १३ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ ।
तेहरानले कतारमा रहेको अमेरिकी सैन्य बेसमा सीमित बदलामूलक मिसाइल आक्रमण गरेपछि इजरायल र इरानले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम योजना स्वीकार गरेका छन् । युद्धविरामले मध्यपूर्वमा उथलपुथल मच्चाएको १२ दिने युद्धको अन्त्य गर्नेछ ।
नेपाल राष्ट्र बैँकले ऋणी र बैँकहरूलाई सहज हुनेगरी चालुपुँजी कर्जा तथा कृषि क्षेत्रमा प्रवाह हुने कर्जाको व्यवस्थामा हेरफेर गरेको छ ।
म्याग्दीका अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पग्लिएर हिमतालमा परिणत हुँदै गरेका हिमनदी ।
गृहमन्त्री रमेश लेखकले अध्यागमन र भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समिति गठन गरिएको जानकारी गराउनुभएको छ ।