ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘झिँगेदाउ–२’ को छायाङ्कन ६३ दिनमा सकिएको छ । चितवनमा अन्तिम दृश्य खिच्दै चलचित्रको सम्पूर्ण छायाङ्कन सकिएको निर्माण टिमले जानकारी दिएको हो । निर्देशक देउजाका अनुसार ६० दिनको सेड्युलमा गत मङ्सिरमा छायाङ्कन सुरु गरेको निर्माण टिमले निर्धारित समयभन्दा तीन दिन बढी समय लगाएको छ । पहिलो भागको सफलता मर्न नदिन र दोस्रो भागलाई अझ त्योभन्दा उत्कृष्ट बनाउन कुनै सम्झौता नगरी खिचेकाले एउटा राम्रो चलचित्र दर्शकले हेर्न पाउने विश्वास निर्देशक देउजाले गर्नुभयो ।
स्याङ्जाका स्थानीय तहहरुको संस्थागत क्षमता कार्यसम्पादन मूल्याङ्कनको नतिजा सार्वजनिक भएको छ । ११ पालिका रहेको स्याङ्जामा कालीगण्डकी गाउँपालिका पहिलो भएको छ भने वालिङ नगपालिका दोस्रो भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा सल्यानको छत्रेश्वरी गाउँपालिका जिल्लामै प्रथम भएको छ । गाउँपालिकाले ७२ दशमलव २५ अङ्क प्राप्त गर्दै जिल्लाभरिका स्थानीय तहमध्ये उत्कृष्ट प्रदर्शन गरेको हो ।
खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न ठाउँमा रहेका १२ कार्यालयबाट एक लाख ४४ हजार क्विन्टल धान खरिद गरेको जनाएको छ । गत कात्तिक ११ देखि धनगढीबाट धान खरिद गर्न सुरु गरेको कम्पनीले हालसम्म विभिन्न ११ वटा केन्द्रबाट उक्त परिमाणमा धान खरिद गरेको हो ।
एसियाली विकास बैङ्को दक्षिण एसिया विभागको महानिर्देशकमा नेपालका अर्थशास्त्री सोना श्रेष्ठ नियुक्त हुनुभएको छ । बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलङ्का हेर्ने गरी उहाँलाई नियुक्त गरिएको एडिबी मुख्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ । उहाँले यी मुलुकमा एडिबीको रणनीति र सञ्चालनको नेतृत्व गर्नुहुने विज्ञप्तिमा उल्लेख छ ।
माघको तुलनामा फागुनमा पनि अधिकांश बैङ्कको ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैङ्कले ब्याजदर घटाएका हुन् । अहिले सञ्चालनमा रहेका २० मध्ये नौ बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम दर घटाएका छन् ११ भने बैङ्कले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
लमजुङमा यस वर्ष अलैँची बेचेर २४ करोड ३० लाख रुपियाँ आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा १३५ मेट्रिक टन अलैँची बिक्रीबाट त्यति आम्दानी भएको हो ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ ।
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ६५ पैसा र बिक्रीदर १४५ रुपियाँ २५ पैसा तोकिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले कुनै तत्वले निर्वाचनको वातावरण बिगार्न खोजे तत्कालै त्यस्ता प्रवृत्ति निरुत्साहित गर्न निर्देशन दिनुभएको छ । कोशी प्रदेशका निर्वाचनसम्बद्ध पदाधिकारी र सुरक्षा प्रमुखसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिँदै उहाँले निर्वाचनको वातावरण बिथोल्न खोज्ने प्रवृत्तिप्रति जागरुक हुन निर्देशन दिनुभएको हो ।
यहाँको भैरवी गाउँपालिका–१, जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल सर्भे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदन अनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रआसपासमा निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन अनुसार जिप्रका काठमाडौँले विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय विमानस्थल र आसपास क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, भेला र नाराजुलुस गर्न निषेध गरेको हो । काठमाडौँका प्रजिअ ईश्वरराज पौडेलद्वारा जारी विज्ञप्तिमा विमानस्थल क्षेत्र संवेदनशील रहने भन्दै शान्ति सुरक्षा तथा आवागमन व्यवस्थापनलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको उल्लेख छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको सुरक्षार्थ भारत सरकारले नेपाल सरकारलाई ६५० वटा सवारीसाधन सहयोगस्वरूप उपलब्ध गराएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको १९ औँ अधिवेशन अन्त्य गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले फागुन १ गते शुक्रबार राति १२ बजेपछि अधिवेशन अन्त्य गर्नुभएको हो ।
माओवादी पृष्ठभूमि भएका पार्टीहरूले फागुन १ गते ३० वर्षअघिको बलिदानी स्मरण गर्दै विभिन्न कार्यक्रम गर्दै छन् । उनीहरूले आजको दिनलाई ‘३० औँ जनयुद्ध दिवस’ का रूपमा स्मरण गर्ने भएका हुन् । तत्कालीन नेपाली कम्युनिस्ट पार्टी (माओवादी) ले रुकुमको राडिज्युला, रोल्पाको होलेरी, सिन्धुलीको सिन्धुलीगढी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैङ्कमा आक्रमण गरेर २०५२ साल फागुन १ गते सशस्त्र युद्ध उद्घोष गरेको थियो ।