इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो ।
धेरैले विदेशमा भविष्य खोज्दा सियारी गाउँपालिका–३, रुपन्देहीका सुभाष कुर्मीले भने स्वदेशी भूमिमै समृद्धिको बाटो देख्नुभयो । उहाँले माछा पालेरै नाम र दाम कमाउन सफल हुनुभएको छ
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ ५१ पैसा र बिक्रीदर १३९ रुपियाँ ११ पैसा निर्धारण गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नदीप्रवाही (रन अफ दी रिभर) जलविद्युत् आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पिपिए) लेऊ र तिर (टेक एन्ड पे) मा गर्ने व्यवस्था गलत भएको सांसद र विज्ञले बताएका छन् । नेपाल पूर्वाधार पत्रकार समाजले सोमबार यस विषयमा आयोजना गरेको कार्यक्रममा उनीहरूले ऊर्जा क्षेत्रलाई बचाउन यो व्यवस्था संशोधन गरेर लेऊ वा तिर (टेक अर पे) मै गर्नुपर्ने सुझाव दिएका छन् ।
बागलुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७५ करोड चार लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा नेपाली अर्थोडक्स चिया निर्यातमा ४०.५ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष उत्पादन पनि राम्रो भएकाले निर्यातको अवस्था राम्रो भएको उद्योगीले बताएका छन् ।
वीरगन्ज महानगरपालिकाको नगरसभाको १७ औं अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
योजना तर्जुमा, बजेट निर्माण, कर सङ्कलन, कर्मचारी भर्ना र अनावश्यक संरचना निर्माण प्रदेश सरकारका साझा समस्याका रूपमा रहेको बताइएको छ । सङ्घीयता तथा स्थानीयकरण केन्द्रले सोमबार आयोजना गरेको ‘अन्तरप्रदेश संवाद कार्यक्रम’ मा सहभागी प्रदेशका अर्थ सचिवहरूले प्रदेशमा अनावश्यक संरचना निर्माणले खर्च बढिरहेको बताउनुभएको हो ।
कोशी प्रदेशका उद्योगी व्यवसायीले घरजग्गा तथा रियल स्टेट कर्जाको सीमा ५० प्रतिशतभन्दा बढी बनाउनुपर्ने सुझाव दिएका छन् ।
विनियोजन विधेयक–२०८२ को मन्त्रालयगत शीर्षकको छलफलमा उठेका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिनेक्रम सोमबारदेखि सुरु भएको छ । सोमबार १६ विभागीय मन्त्रीले एकै दिन जवाफ दिएका छन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ । मङ्गलबार बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
अनलाइन ठगीसहितको सङ्गठित मानव तस्करीमा परेर भारतमा सात सयभन्दा बढी नेपाली नागरिक बन्धक बन्न पुगेका छन् । बन्धक बनाइएका एक नेपाली युवाको कुटपिटबाट मृत्यु भएको छ । भारतको उत्तराखण्डस्थित उद्यमसिंहनगर र रुद्रपुरका विभिन्न स्थानमा सयौँ नेपाली नागरिकलाई बन्धक बनाएर ठगी गरिएको छ ।
इजरायल–इरान युद्धको चपेटामा परेका नेपाली नागरिकहरूको उद्धार र स्वदेश फिर्ता ल्याउने प्रक्रियालाई सरकारले तीव्र बनाएको छ । यस अनुसार इरानमा रहेका १६ जनामध्ये ११ जनालाई नेपाल फर्काउने प्रक्रिया सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
असार लागेसँगै नेपालले दैनिक न्यूनतम साढे १० करोड रुपियाँ बराबरको विद्युत् निर्यात गर्न थालेको छ ।