श्रीमद्भागवतमा उल्लेख गरिएको कथा अनुसार भगवान् श्रीकृष्णका १६ हजार १०८ रानी थिए । उनीहरू स्वयं श्रीकृष्णको व्यक्तित्वबाट मोहित भएर आफैँ श्रीमान् कल्पिएर श्रीमतीकै रूपमा बसेका थिए । उनीहरूकै नामबाट यहाँ गाईको नामकरण गरिएको छ । त्यसैले सबैलाई तपाईं भनेर सम्बोधन गरिन्छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एक हप्तासम्म झापा ५ का मतदातासँग भेटघाट र साक्षात्कार गरी काठमाडौं फर्कनुभएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि माघ २३ गते निर्वाचन क्षेत्र झापा ५ आउनुभएका अध्यक्ष ओलीले तीनवटा पालिकाका करिब ८० वटा टोलका मतदातासँग साक्षात्कार गर्नुभएको हो ।
बागलुङमा भएको स्कूल भ्यान दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका –१ रामरेखादेखि रातामाटातर्फ जाँदैगरेको न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग ३ च ८६२१ नम्बरको भ्यान आज दुर्घटना भएको थियो ।
नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस–२०८२ को पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ। उक्त पूर्वाभ्यास कार्यक्रमको प्रधानसेनापति अशोकराज सिग्देललले निरीक्षण गर्नुभयो।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएर आएको कांग्रेस आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो दल बन्ने दाबी गर्नुभएको छ ।
महेन्द्रनगरबाट बैतडीतर्फ आउँदै गरेको सु.प.प्र. ०२००१ ख १०१७ नम्बरको बसबाट खसेर दशरथचन्द नगरपालिका–८ त्रिपुराका अन्दाजी ६५ वर्षीय पदमराज भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले कोसी प्रदेशको निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे बिहीबार जानकारी लिनुभएको छ ।
२६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा साविक उपविजेता चर्च ब्वाइज युनाइटेड, काठमाडौँले झापा–११ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।
नेपाल मेडिकल काउन्सिलले काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित दुई डेन्टल क्लिनिकलाई सिल गर्न सिफारिस गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेश सरकारले ठोेस काम गर्न नसकेको जिकिर गरेको छ ।
विश्व शान्तिको कामना गर्दै पदयात्रामा निस्कनुभएको बौद्ध भिक्षुको टोली बिहीबार हेटौँडा आइपुगेको छ । २३ जना बौद्ध भिक्षुसहितको टोलीलाई हेटौँडाको कर्रा चोकमा नेपाल मगर बौद्ध सेवा समाज मकवानपुर र हेटौँडा प्रज्ञा महाविहारसहित स्थानीयवासीले स्वागत गरेका छन् ।
मलेसियालाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ ।
मुस्ताङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षितगरी स्थानीय तहको निर्वाचनका मतदाता शिक्षा अनुगमनकर्तालाई प्रशिक्षण दिइएको छ ।
रक्षा मन्त्रालयअन्तर्गतका निकायबाट चालु आर्थिक वर्ष २०८२र८३ मा सञ्चालित विभिन्न विकास आयोजना तथा कार्यक्रमको दोस्रो त्रैमासिक अवधिसम्मको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक आज सम्पन्न भएको छ ।
यहाँस्थित नेपाल–भारत सीमापारी भारतको रूपईडीहा प्रहरीले नेपाल र भारतमा मोटरसाइकल चोरी गर्ने तीनजना नेपालीलाई चोरीका दश थान मोटरसाइकलसहित पक्राउ गरेको छ ।