केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–८, घ्याम्पेडाँडामा स्कुटर दुर्घटना हुँदा काठमाडौँ महानगरपालिका–३२ का ३१ वर्षीय किरण पाण्डेको मृत्यु भएको हो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको छ ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि मुस्ताङमा २०० भन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै छ।
भरतपुर महानगर पालिकाको वडा नम्बर १९ र माडी नगर पालिकामा जापनिज इन्सेफलाइटिस रोगविरुद्धको खोप लगाइने भएको छ । चैत २५ देखि ३० गतेसम्म सञ्चालन गर्न लागिएको सो खोपको तयारी तीव्र बनाइएको मङ्गलबार भरतपुरमा आयोजित जिल्ला खोप समन्वय समितिको बैठकमा जानकारी दिइयो ।
जिल्लामा आर्थिक गतिविधिहरूको विवरण सङ्कलन गर्न हुम्लामा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ।
आज (बुधबार)देखि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्णरूपमा प्रतिबन्ध गरिएको छ।
मकवानपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा १३ जना घाइते भएका छन् । कान्ति लोकपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ र ५ को सिमाना सानोपोखराचोक सडक खण्डमा गएराति स्कारपियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको छ ।
सङ्घीय संसदको दुबै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट दुबै सदनको बैठक आह्वान भएपछि संसद संचिवालयले आज (बुधबार) सिट व्यवस्थापनको कार्य गर्ने जानकारी संसदका प्रवक्ता एकराज गिरीले दिनुभयो ।
दार्चुलामा जिप दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका दुई कर्मचारीको मृत्यु भएको छ।
जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा डा नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय बुबा नरबहादुर तामाङ तथा जीवित सीतामाया तामाङको संयुक्त नाममा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सोमबारदेखि सुरु भएको महिलाहरुको स्तन, पाठेघर र सर्भाइकल क्यान्सर परीक्षणको पहिलो दिन १३६ जनाले परीक्षण गराएका छन् ।
ग्राहकको खाताबाट रकम आफ्नो खातामा ट्रान्सफर गरी लगाएको आरोपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैँक लिमिटेड, तौलिहवा शाखाका कर्मचारी रिशभ कार्की पक्राउ पर्नुभएको छ।
पर्वतको जलजला गाउँपालिका–८ का २५ वर्षीय विशाल विक प्रहरीको चेकजाँचको क्रममा कालीगण्डकीमा हाम फालेर बेपत्ता भएका छन्।
आजभन्दा झन्डै साढे छ दशकअगाडिको कुरा हो । राजा महेन्द्र दार्जिलिङ भ्रमणमा रहेका बेला जातीय कवि अगमसिंह गिरीको गीतिसिर्जना ‘नौलाखे तारा उदाए, धरतीको आकाश हाँसे छ, शरद् लाग्यो वनैमा फूलले पिरती गाँसेछ...’ बोलको नेपालीत्वको चिनारीलाई वरिष्ठ सङ्गीतकार अम्बर गुरुङले राजाकै अगाडि गुन्जाएथे ।