गृहमन्त्री सुधन गुरुङले बालबालिकालाई सानै उमेरदेखि जीवनोपयोगी सिप विकास गराउने उद्देश्यले विद्यालय पाठ्यक्रममै विपद् उद्धारसम्बन्धी कार्यक्रम समावेश गर्ने पहल सुरु गर्नुभएको छ ।
तीव्र रूपमा बढ्दो जनसङ्ख्या र स्रोत व्यवस्थापनको दबाबबिच भारतले बुधबारदेखि विश्वकै सबैभन्दा ठुलो जनगणना अभियान सुरु गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन समीक्षा र पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा संयोजक र कार्यक्रमको मिति तोकेको छ ।
पाकिस्तान सुपर लिग (पिएसएल) सुरु भएको पहिलो सातामै विवादको शृङ्खला देखिएको छ, जसको केन्द्रमा फास्ट बलर नसीम शाह पर्नुभएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागार कार्यालय रौतहटबाट फरार भएका दुई जना कैदीबन्दी पक्राउ परेको छ ।
यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ ।
राष्ट्रिय औषधी प्रयोगशालाले अन्तरराष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाले आइएसओ १७०२५ः२०१७ प्रमाणपत्र प्राप्त गरेको हो ।
काठमाडौँ महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका छन् ।
सप्तरीको राजविराज बजारमा दिनहुँ ज्यालादारीमा काम गर्ने मजदुरको बजार लाग्ने गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट परीक्षण गर्न पाउने व्यवस्था गरेको छ ।
मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको छ । इजरायल, इरान र तिनका सहयोगी शक्तिबिचको प्रत्यक्ष तथा अप्रत्यक्ष भिडन्तले क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती दिएको छ । दक्षिणी लेबनानमा जारी सङ्घर्षका क्रममा इजरायली सेनाले चार सैनिक गुमाएको जनाएको छ ।
नवनियुक्त युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नुपर्ने बताउनुभएको छ ।
मध्यपूर्वमा जारी तनावबिच डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले होर्मुज जलडमरूमध्य पूर्णरूपमा नखुले पनि इरान विरुद्धको सैन्य अभियान अन्त्य गर्ने सङ्केत दिएको छ, जसले युद्धको दिशा कूटनीतिक मोडतर्फ मोडिन सक्ने देखिएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालले अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित, नागरिकमैत्री र जिम्मेवार बनाउन कर्मचारीलाई निर्देशन दिएको छ।