गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी नहुने बताउनुभएको छ।
खेतीयोग्य जमिन विस्तार र वन क्षेत्र सङ्कुचनसँगै बढ्दै गएको मानव–हात्ती द्वन्द्वलाई नियन्त्रण गर्न थाइल्यान्डले जङ्गली हात्तीमा जन्म नियन्त्रण खोप प्रयोग गर्न सुरु गरेको छ । अधिकारीका अनुसार आवासीय क्षेत्र नजिक हात्तीको तीव्र बढ्दो सङ्ख्याले जनधनमा जोखिम बढाएपछि यो कार्यक्रम अघि बढाइएको हो ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको समूह ‘ए’ को आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ३० रनले पराजित भयो ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने कार्यमा सहयोग गर्न सञ्चारकर्मीसँग आग्रह गरेको छ ।
आगामी निर्वाचनको तयारी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले आज ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीसँग अन्तर्क्रिया गर्नुभएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताउनुभएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय क्याडेट कोर (एनसीसी) ले युवामा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवाजस्ता गुणहरू विकास तथा प्रवर्धन गर्नु सकारात्मक पक्ष भएको बताउनु भएको छ ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मर्यादित र निष्पक्ष निर्वाचनका लागि आचारसंहिता कार्यान्वयनको साथ पालना आवश्यक रहेको बताउनुभएको छ ।
कैलालीमा मतदाता शिक्षाका लागि १२६ जना स्वयम् सेवक खटिदैंछन् । निर्वाचन कार्यालयले जिल्लाको १३ वटै पालिकामा सो सङ्ख्यामा मतदाता शिक्षा स्वयम् सेवक खटाउन लागेको हो ।
अर्थमन्त्री रामेश्वर खनाल अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताउनुभएको छ ।
गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले बालमैत्री गण्डकी प्रदेश निर्माणलाई साझा लक्ष्यका रूपमा अघि बढाउन सबै सरोकारवालालाई आह्वान गर्नुभएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने चुनौतीको समयमै सूचना सङ्कलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिनुभएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –४, नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले माघ महिनासम्म झण्डै ५ अर्ब ६० करोडको हाराहारीमा राजस्व संकलन गरेको छ ।